2024-03-17

मधेशका अभिभावक : गतिलो स्कूल खोज्दै उकालो लाग्दै

सुमन सुस्केरा

सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका दिनेश पंडितले छोरा रूपेशलाई उदयपुरको बेल्टारस्थित ज्योति माध्यमिक विद्यालयको कक्षा–८ मा भर्ना गरेका छन् । उक्त विद्यालयमा गाउँका छ जना बालबालिका पढिरहेको पद पछ्याउदै उनले गत शैक्षिक सत्रमा छोरालाई यहाँ ल्याएका हुन् । आफ्नो गाउँको विद्यालयमा पढाइ राम्रो नभएपछि बेल्टारको विद्यालयमा लग्नु परेको उनले बताए । उनका गाउँका शिक्षकले विद्यालयमा समय नदिने हुँदा सरकारी विद्यालय गतिलो नबनेको उनको भनाइ छ । उनले भने– ‘मधेशका विद्यालय विश्वासको वातावरण नै छैन, आयोग पास गरेर आएका शिक्षक सक्षम भए पनि विद्यालयमा समय नै दिंदैनन ।’ औषधि पसल संचालन गर्दै आएका दिनेशले मधेशको सरकारी शिक्षा सुधार हुन निक्कै समय लाग्ने ठान्छन् ।

रौतहटको नर्कटीयाका विनोद प्रसाद यादवका दुई छोरा अमित र सुमित हेटौंडाको भुटनदेवी माविमा पढिरहेका छन् । जेठो अमित यो बर्ष एसईई दिने तयारीमा छन् भने कान्छो सुमित कक्षा–९ मा पढ्दैछन् । उनले दुबै छोरालाई चार वर्षअघिदेखि हेटौडा ल्याएका हुन् । 

पंडित र यादव मात्रै होइन मधेशका उनी जस्ता हजारौं अभिभावकले जिल्ला अन्तर गराएर हेटौंडा, सिन्धुली, गाईघाट लगायतका पढाइको गुणस्तर तुलनात्मक रूपमा राम्रो भएका सामुदायिक विद्यालयमा छोराछोरी पढाइरहेका छन् । हेटौंडाको आधुनिक राष्ट्रिय माविमा कक्षा १० मा पढ्दै गरेका सागर गुप्ता कक्षा–८ देखि नै हेटौंडामै छन् । बाराको सिम्रौनगढ स्थायी घर भएका गुप्तालाई राम्रो विद्यालयके खोजीमा परिवारले गाउँको विद्यालय छाडी हेटौंडा ल्याएको हो ।  

2020-09-04

आधाभुत तहकै बिद्यार्थी स्पोन्सरमा : एउटै वडाका १३० जना बिदेशीको सहयोगमा पढ्दै

विराटनगर । सोलुखुम्बु जिल्लाको उच्च हिमाली क्षेत्रमा रहेका दुईवटा सामुदायिक बिद्यालय जहाँका बालबालिका अधिकांश स्पोन्सरमा बाहिर पढ्न जान्छन्  । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्याम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेको पाङ्बोचे आधारभुत बिद्यालय र सोही वडामा रहेको फोर्चे आधारभुत बिद्यालयका बालबालिका अहिले पनि स्पोन्सरमा पढ्नकै लागि बाहिर जाने गरेका हुन् ।   यी दुई बिद्यालय  प्रदेश १ को उच्च हिमाली क्षेत्रमा रहेको बिद्यालय मध्येका हुन् ।  

यो पर्यटकीय क्षेत्र भएको कारण बालबालिकाका अभिभावक पर्यटकका  भरिया तथा उनीहरुको सहयोगीको रुपमा काम गर्न जाने र उनीहरुले तिनै पर्यटकबाट स्पोन्सरको रुपमा सहयोग मागेर बालबालकालाई पढाउनको लागि बाहिर पढाउने गरेको बिद्यालयका प्रधानाध्यापकहरु बताउँछन्  । पर्यटकको भारी बोक्दा बोक्दै तिनै पर्यटकलाई खुसी पारेर अभिभावकले आफ्ना बालबालिका राम्रा बिद्यालयमा स्पोन्सरमा पढ्नको लागि पठाउने गरेका छन् । कतिपय नाम्चे बजारमा लगेर त्यही पढाउने,  कतिपयलाई स्पोन्सरमा काठमाडौँ र दार्जिलिंग समेत लगेर पढाउने गरिएको छ । यसरी गाउँमा भएका बालबालिकाबाहिर लगेर पढाउँदा  गाउँका बिद्यालयहरु खाली हुने अबस्थामा पुग्ने गरेका हुन्  । 


बिद्यार्थीहरु स्पोन्सरमा पढ्न बाहिर जाने दर बढेपछि यी बिद्यालयहरुमा बढीमा १७ जना बिद्यार्थी छन्  । हिमाली क्षेत्र भएपनि बाक्लो बस्ती भएको यहाँका बालबालिका बाहिर जानुले बिद्यार्थीको संख्या घटेको हो । पाङ्बोचे आधारभुत बिद्यालयमा ११ जना बिद्यार्थी छन् भने फोर्चेमा १७ जना बिद्यार्थी छन् । 

2020-09-02

नमुना सिकाई केन्द्रहरु कोरोनाको चपेटामा, बिद्यालय पुग्ने आमाका अपुरो सिकाई

विराटनगर, १६ भदौ ।  मोरङ्गको बुढीगंगा गाउँपालिका ३ की देबका सुबेदीले  चैतसम्म हरेक दिन बिद्यालय जाने अनी बिद्यार्थीसँगै कम्युटर सिक्नुहुन्थ्यो । घरबस्दा कम्युटर नै नदेखेकी देवकालाई  टंकीसिनवारीको नरग्राम माविमा छोराहरुसँगै कम्युटर चलाउन सिक्दा निक्कै खुसी देखिनुहुन्थ्यो ।   देबका मात्र होइन अरु धेरैजना आमाहरु  बिद्यालयको सिकाई केन्द्रमा पुगेर कम्युटर सिके ।  बुढीगंगा बाँसबारीकी पबित्रा दाहाल पनि त्यही कम्प्युटर सिक्ने आमा समुहकी अर्की सदस्य हुनुहुन्थ्यो । उहाँले पनि बिद्यालयले आमा समुह बनाएर कम्युटर चलाउने वातावरण बनाएपछि कम्युटर पहिलो पटक चलाउन पाएको बताउनुभयो ।


सिकाई केन्द्र अर्थात लर्निङ सेन्टरमा बिद्यार्थी, अभिभावक, शिक्षक, बिद्यालय ब्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक संघका पदाधिकारी एकै ठाउँमा सँगै बसेर कम्युटर सिक्थे ।  जसबाट धेरै जना अभिभावकलाई कम्युटर चलाउन सक्ने भएका थिए ।  धेरै कुरा अभिभावकले वालवालिकालाई सिकाउने भएपनि डिजिटल साक्षरता शिक्षा अभियानमा बालबालिकाले अभिभावकलाई सिकाए ।  लकडाउन शुरु भएसँगै नियमित बिद्यालय पढ्नको लागि नै जाने आमाहरु कम्युटर चलाउन जानै पाएनन् । सँगै एक अर्कोसँगको सिकाई आदान प्रदान गर्ने बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी मात्र हैन, बिद्यार्थी समेत बिद्यालयमा जाने वातावरण बनेन । सरकारले गत चैन ११ गतेदेखि घोषणा गरेको लकलडाउनको असर शिक्षा क्षेत्रमा देखिएको  छ ।  

2020-08-25

एसईईमा जिपिए ४ : नाम कहलिएका बिद्यालय भन्दा धेरै अगाडी गुमनाम बिद्यालय

विराटनगर । यो बर्षको एसईईमा निक्कै नाम कहलिएका बिद्यालयहरु पनि जिपिए ४ ल्याउन नसक्ने बिद्यालयहरुको सुचीमा निक्कै तल परेका छन्  । 

मोरङका नीजि बिद्यालयहरुमा अहिले ४ जीपिएको बिषय निक्कै चर्चामा छ ।  प्याब्सन मोरङको तथ्यांक अनुसार  सबैभन्दा बढी जिपिए ल्याउने बिद्यालय बनेको छ, विराटनगरको सिद्धार्थ शिशु सदन सेकेण्डरी बोर्डिंङ स्कुल । यस बिद्यालयले एसईईको २०७६ सालको परीक्षा अनुसार ४२ जना बिद्यार्थीमा २४ जनाले जिपिए ४ ल्याए । त्यस्तै बिराटनगरको कोशी बिद्या मन्दिर स्कुलले ४७ जना बिद्यार्थीले एईई परिक्षा दिएकोमा २४ जनाले नै जिपिए ४ प्राप्त गरे । राईजिङ नेपाल से. बो. स्कुल रतुवामाईले ४० जना बिद्यार्थीमा १३ जनाले ४ जिपिए प्राप्त गरेको प्याब्सन मोरङले जनाएको छ  ।

रंगेलीको माउण्ट मकालु स्कुलका  ३३ जनामा ८ जनाले जिपिए ४ प्राप्त गरे, बिराटनगरको बिनायक स्कुलमा ३४ जनामा ९ जनाको जिपिए ४ आएको छ भने बिराटनगकै स्टार बोर्डिङले २७ जनामा ६ जना बिद्यार्थीलाई जिपिए ४ दिलाउन सफल भयो । सबैभन्दा धेरै बिद्यार्थी बोकेर उत्कृष्ट नतिजा ल्याउँदै आएका बिराटनगरका ठुला बिद्यालयहरु जिपिए ४ ल्याउने लिस्टमा यो बर्ष निक्कै तल परेका छन् । 

२८१ जना बिद्यार्थीलाई एसईई दिलाएको बिराटनगरको बाल कल्याण बिद्या मन्दिर स्कुल(बिकेभिएम)ले जम्मा ५ जनालाई मात्र जिपिए ४ दिलाउन सफलभयो भने १७७ जना बिद्यार्थी लिएर बसेको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलका ६ जनाले मात्र जिपिए ४ प्राप्त गर्न सफल भएको तथ्यांक प्याब्सन मोरङसँग छ । त्यस्तै नेपालकै उत्कृष्ट भनेर बिगतका बर्षहरुमा पुरस्कार पाउँदै आएको एभरेष्ट बोर्डिङ स्कुलका जम्मा २ जनाले मात्र जीपिए ४ प्राप्त गरेको छ । १५८ जना बिद्यार्थीलाई एसईई दिलाएको एभरेष्ट बोर्डिङ स्कुल मोरङ जिल्लामा रहेका प्याब्सनमा आबद्ध ८१ वटा बिद्यलयहरुले जिपिए ४ ल्याएको मध्ये ३७ औ नम्बरमा पुगेको छ ।  

यी तथ्यांकले यो बर्षको एसईई परीक्षाको नतिजा निक्कै गोलमोटेलमा आएको शिक्षा क्षेत्रका जानकारहरुले बताउन थालेका छन् ।  यो बर्षको एसईई परीक्षामा सबैभन्दा धेरै बिद्यार्थी बोकेका र राम्रो कहलिएका बिद्यालयहरु पछि पर्नु अनी नामै नसुनेका बिद्यालयहरु जिपिए ४ ल्याउँदै धेरै बिद्यार्थीलाई उत्कृष्ट बनाउनुले बिद्यालयले पठाएको नम्बर नै गोलमोटल भएको  प्याब्सन प्रदेश १ सदस्य रीता न्यौपानेले बताउनुभयो ।

सरकारले जारी गरेको निर्देशिका अनुसार बिद्यालयहरुले नम्बर दिनु पर्ने ब्यवस्था गरिएको थियो । तर कतिपय बिद्यालयहरुले निर्देशिका बाहिर गएर अभिभावकलाई खुसी पार्न खोजिएको बिद्यालय संचालकहरुले नै आरोप लगाउँदै आएका छन् ।  ‘पहिला ४ जिपिए ल्याउने भनेको धेरै कम बिद्यालयहरु थिए, सगरमाथा बोर्डिङ स्कुलका संचालक बासुदेब न्यौपानेले भन्नुभयो,  ‘अहिले त्यो ४ जिपिए कतिपय ठाउँमा ठिक छ कतिपय ठाउँमा ठिक छैन तर बिद्यालयले दिएको नम्बरमा कुनै कमेन्ट गर्ने ठाउँ भने छैन ।’

यो बर्षको एसईईमा दिईएको नम्बर अनी आएको रिजल्टमा ४ जिपिएमा धेरै नै प्रश्न उठाएका छन् , बिद्यार्थी वा अभिभावकलाई खुसी पार्नको लागि ४ जिपिए दिएको हो भने त्यो उपयुक्त नहुने  बिद्यालय संचालकहरु बताउँछन्  ।

आफ्नो मुल्यांकनमा उपयुक्त ठानेका बिद्यार्थीहरुलाई ४ जिपिए दिएको भए अहिलेको जस्तो टिका टिप्पणी अनउने थिएन तर  अहिले यही जिपिए ४ को बारेमा निक्कै टिप्पणी हुनुको कारण पनि बिद्यालयले कसरी मुल्यांकन गर्यो भन्ने प्रश्न भएको न्यौपानेको भनाई छ । 

प्याब्सनको बिराटनगर नगर सचिव अर्जुन श्रेष्ठका अनुसार सरकारले तोकेको कार्यबिधि भन्दा बाहिर गएर केही बिद्यालयले अधिकारको दुरुपयोग गरेको हुनसक्छ ।  ‘बिद्यालयलाई नम्बर चढाएर पढाउने अधिकार दिईएको थियो, उहाँले भन्नुभयो, ‘त्यो अधिकारको केही दुरुपयोग भएको हुनसक्ने देखियो ।’


2020-08-08

प्रदेश १ मा शिक्षामा छासमिसे बजेट, ई एजुकेशन कार्यक्रम संचालन गर्न ११ करोड

विराटनगर । प्रदेश १ मा शिक्षामा प्रदेश सरकारको बजेट  ४९ करोड ३९ लाख बिभिन्न शिर्षकमा  खर्च गर्ने गरि बिनियोजना भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखा अन्तरगत खर्च हुनेगरी बिनियोजना भएको रकममा ई एजुकेशमा  बढी रकम  छुट्याईएकोछ। 

शैक्षिक तालिम केन्द्रको लागि प्रदेश सरकारले ईलाम, झापा, मोरङ, खोटाङ र भोजपुरको लागि ५ स्थानलाई १५ लाख,  अफलाईन  रेडियो टिभीबाट कक्षा ९ र १० को अनिवार्य बिषय दैनिक कक्षाको उत्पादन शैक्षिक कार्यक्रमको लागि १ करोड रकमबाट कोभिड १९ को सङ्क्रमणको कारणले नियमितरूपमा कक्षा सञ्चालन हुन नसकेको अवस्थामा प्रदेशभित्रका विद्यालयहरूमा अफलाइन तथा अनलाइनको माध्यमबाट सामग्रीहरूको उत्पादन तथा प्रशारणकोलागि खर्च गरिनेछ । शैक्षिक कार्यक्रम ब्यवस्थापन तथा अनुगमनको लागि ३ लाख, अनलाईन तालिमको लागि सुचना  प्रबिधि प्रयोगशाला निर्माण गर्न  २५ लाख छुट्याईएको छ ।  यो रकमबाट अनलाईन शिक्षक तालिमका लागि सुचना प्रविधि प्रयोगशाला निर्माण गर्नु पर्नेछ । 

साामुदायिक क्याम्पस आपसमा गाभिनको लागि  प्रोत्साहन कार्यक्रमको लागि १ लाख, अनुगमन सुपरिवेक्षण अनुगमन मुल्यांकन तथा कार्यक्रम कार्यान्वायन भ्रमण खर्चको लागि ३ लाख बिनियोजन गरिएको छ । त्यस्तै शैक्षिक संस्थालाई  आकस्मिक सहायताको लागि अनुदान शैक्षिक संस्थालाई सहायता कार्यक्रम १ सय बिद्यालयलाई ३ करोड बजेट राखिएको मन्त्रालयको बजेट तालिमा देखिन्छ । यो रकमले प्राकृतिक विपतीबाट क्षतीग्रस्त विद्यालय तथा शैक्षिक संस्थाहरुका संरचनाहरुको मर्मत गरी तत्कालीन संचालन गर्ने गरी खर्च गर्न सकिने भनिएको छ ।  सार्वजनिक पुस्तकालयलाई अनुदान १ करोड, बिभिन्न प्रतिष्ठानको लागि सहयोग अनुदान, १ करोड सामाजिक क्षेत्रका सेवामुलक संस्था र धार्मिक संघ संस्थालाई दिईने उल्लेख छ । 

धार्मिक तथा साँस्कृतिक संस्था र विद्यालयलाई शैक्षिक कार्यक्रम  सञ्चालन अनुदान १० वटाको लागि १ करोड, सामुदायिक बिद्यालयमा अध्ययनरत प्रतिभाशाली दलित बिद्यार्थीलाई सिकाई सुधारका लागि प्रोत्साहन कार्यक्रम  १ करोड ९ लाख ६९ हजार, माध्यामिक शिक्षा परीक्षा ब्यवस्थापनका लागि बिद्यालयलाई अनुदान ५ करोड बिनियोजन गरिएकोमा यो रकम शिक्षा विकास निर्देशनालय माफृत खर्च गर्ने गरी माध्यामिक शिक्षा परीक्षा व्यवस्थापनका लागि परीक्षा केन्द्रको भौतिक सुधार गर्नको लागि खर्च गरिने उल्लेछ ।  सामुदायिक क्याम्पसहरुको गुुणस्तर सुधारको लागि छनौट भएका सामुदायिक क्याम्पसहरुलाई अनुदानको लागि ५ करोड बजेट सरकारले छुट्याएको छ। 

त्यस्तै प्रदेश सरकारले ब्यवस्था गरेको अन्य बजेटहरुमा बिद्यालय शिक्षा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वायन  गर्न १लाख ५० हजार, प्रदेशबाट सञ्चालित शैक्षिक, युवा तथा खेलकुद कार्यक्रमहरुको अनुगमन गर्न ५० हजार, कुनै पनि दरबन्दी नभएको माध्यामिक बिद्यालयहरुमा स्वयमसेवक विज्ञान शिक्षक ब्यवस्था गर्न २८ वटाको लागि १ करोड २ लाख ४८ हजार छुट्याईएको छ।  बिद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार निर्देशिका २०७६ अनुसार बिद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि ई एजुकेशन कार्यक्रम संचालन गर्न तथा विद्यालयमा सुचना प्रविधिमा आधारितशिक्षाको व्यवस्थापन गर्नु पुर्ब विद्यार्थी समाज, आमा समुह परिचालन, बिद्यालय मितेरी कार्यक्रम संचालन गर्नको लागि ११ करोड २० लाख रकम छुट्याईएको छ ।

प्रदेश सरकार र स्थानीय तहको लागत साझेदारीमा फिदिम नगरपालिका, फुङलिङ, म्याङलुङ, खाँदवारी नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकामा स्थापना गरिने ५ वटा बहुप्राबिधिक विद्यालयहरुलाई शैक्षिक कार्यक्रम सञ्चालको लागि १५ करोड अनुदान बजेटको ब्यवस्था गरिएको छ । यो रकम  संघ र प्रदेशको अनुदान हो । बिशेष शिक्षा सञ्चालित बिद्यालयका बिद्यार्थीको लागि अपाङ्गताका क्षेत्रगत अतिरिक्त क्रियाकलाप संचालनका लागि बिद्यालयलाई अनुदान  खेलकुद र अतिरिक्त क्रियाकलापको लागि ३६ लाख, विशेष प्रकृतिका बालबालिका अध्ययन गर्ने श्रोत कक्षा केयर टेकरहरुलाई  प्रोत्साहन कार्यक्रम ७ लाख २० हजार, पुराना प्राबिधिक बिद्यालयलाई शैक्षिक कार्यक्रमका लागि प्रस्तावमा आधारित  अनुदान ५ वटाको लागि २५ लाख रहेको छ ।  विराट बहिरा आवासीय विद्यालय विराटनगरलाई प्रस्तावमा आधारित अनुदान २० लाख, पुर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरानमा दृष्टीविहिन बिद्यार्थीहरुको सिकाई क्षमता विकासकालागि कम्प्युटर खरिद अनुदान ३० लाख १० हजार छुट्याईएको छ ।  शैक्षिक गुणस्तर सुधारको लागि भन्दै प्रदेश सरकारले ईटहरीमा रहेको शहीद स्मृती आवासीय विद्यालयको लागि ५० लाख अनुदान,  पुर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरानलाई २० लाख अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख  छ। 

त्यस्तै प्रदेश आवासीय विद्यालय डिपिआर तयारी खर्चको नाममा शैक्षिक अनुसन्धान तथा मरामर्शको लागि  भन्दै ५० लाख छुट्याईएको छ, अनलाईन सिकाई ब्यवस्थापनका लागि सफ्टवेयर जडान तथा मोवाईल एप्सको विकासका लागि सफ्टवेयर निर्माण र परामर्शको लागि ३० लाख छ ।  यो डिजिटल साक्षरताको लागि मोवाईल एप्सको प्रयोग गरिने उल्लेख छ । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार कार्यक्रम कार्यान्वायन समितिको बैठकमा सहभागी पदाधिकारी बैठक भत्तामा ३ लाख, कृषि क्याम्पस स्थापनाका लागि सम्भाब्यता अध्ययनको लागि ५ लाख, हिमपत महाविद्यालय स्थापनाका लागि सम्भाब्यता अध्ययनको लागि ५ लाख, विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियानको सम्बन्धमा संघ, स्थानीय तह तथा बिषयगत बिज्ञहरुसँगको अभिमुखीकरण छलफल सम्मेलन तथा कार्यपत्र प्रस्तुती सहितको गोष्टी कार्यशाला खर्च ६ लाख, विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारको लागि छनौट भएका विद्यालयहरुको अबस्था झल्किने गरी प्रचारर प्रसार सामाग्री निर्माणका लागि ४ लाख ५० हजार, शिक्षा सम्बन्धि नीति नियम निर्देशिका तथा कार्यबिधि निर्माणका लागि विज्ञ तथा सरोकारवालासँग छलफलका लागि बैठक तथा सेमिनार खर्च ३ लाख छुट्याईएकोछ । त्यस्तै सञ्चारमाध्यामसँको सहकार्यमा शैक्षिक कार्यक्रम उत्पादन तथा प्रशारण खर्च १५ लाख, विद्यालय शिक्षा सुचना प्रबिधि शिक्षाको सम्बन्धमा शैक्षिक अनुसन्धान तथा प्रबोधिकरण खर्च १० लाख, साक्षर प्रदेश घोषणाको लागि तयारी खर्च १० लाख र अनुगमन सुपरिवेक्षण भ्रमण खर्च १ लाखरुपैयाँ  छुट्याईएको छ । 

प्रदेशको बजेटबाट बिद्यालय शिक्षाको लागि गुणस्तर सुधार अभियानलाई प्राथमिकतामा राखेर बजेटको ब्यवस्थापन गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।  हरेक बिद्यालयमा कम्प्युटरको माध्यामबाट सिकाई उपलब्धी हाँसिल गर्न ई एजुकेशनकोमाध्यामबाट हरेक बिद्यालयमा  बालबालिकालाई कम्युटर शिक्षाको ब्यवस्थापनमा प्रदेश सरकार लागेको घिमिरेको दाबी छ । उहाँका अनुसार १० बर्ष भित्रमा प्रदेश १ मा झोला र किताव हटाउने अभियान अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।