विराटनगर । पूवाञ्चल विश्वविद्यालयको ईतिहाँस बि. सं. २०१९ सालदेखि नै शुरु भएको बताईन्छ । बि. सं. २०१९÷२० साल तिर पुर्ब प्रधानमन्त्रीहरु मातृका प्रसाद कोईराला र भुपालमान सिंह कार्कीको सक्रियतामा प्राबिधिक बिश्वबिद्यालय स्थापनाका लागि एक समिति गठन गरिएको थियो । त्यसैलाई प्रतापनिधि शर्मा तथा राजकुमार पोख्रेलले अगाडी बढाउने क्रममा यसको नेतृत्व नारायण प्रसाद कोईरालासम्म आईपुग्यो । नारायण प्रसाद कोईरालाको नेतृत्वमा पुर्वाञ्चल स्तरीय बृहत समिति गठन भएको थियो । त्यही समितिले तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालासँग परामर्श गर्न भरतमोहन अधिकारी तथा त्यो बेलाका बिराटनगर नगरपालिकाका मेयर अशोक कोईराला सहितको टोलीले अगुवाई गरेको थियो । तात्कालिन सांसद महेश आचार्यको अध्यक्षतामा सरकारी स्तरको कार्यदल गठन भयो । सोही कार्यदलको सिफारिसमा संसद मार्फतन २०५० सालमा कानुनको तर्जुमा गरि पूर्वाञ्चल विश्वबिद्यालयले पुर्णता प्राप्त ग¥यो । पूर्वाञ्चल बिश्वबिद्यालय स्थापना भएको अहिले २६ बर्ष पुरा भएर २७ औ बर्षमा चलिरहेको छ । २७ औ बर्षसम्म आईसक्दा पनि बिश्वबिद्यालयका धेरे कामहरु अलमलमा नै रहेको छ ।
यस बिश्वबिद्यालयले कुनै बेलाको सहजता अनी अधिकांश समय असहताका बिच पनि केही राम्रा काम भएका छन् भने केही सुधार गर्नु पर्ने काम सहितको ईतिहाँस विश्वबिद्यालयले रच्दै गएको छ । पूर्वाञ्चल विश्वबिद्यालयको लागि २०५० सालमा डा. धु्रबनारायण लाल दाश र रजिष्ट्रारमा डा भेषप्रसाद धमला नियुक्त हुनु भएको थियो । यो बिचमा बिश्वबिद्यालयले थुप्रै उपकुलपति तथा रजिष्ट्रारहरु प्राप्त गरिसकेको छ ।
विश्वबिद्यालयले पहिलो पटक ब्यवस्थापन संकायको पठन पाठन शुरु गरेर जनशक्ति उत्पादनमा जोड दियो । प्रयोगात्मक शिक्षाको विकास गराउन बिराटनगरमा २०५४ सालमा बिबिए कार्यक्रम संचालन गरेको हो । त्यसपछिका दिनमा विश्वबिद्यालय आफ्नो शैक्षिक क्षेत्र र पठनपाठनको विकासको लागि नमुना बिश्वबिद्यालयको रुपमा काम शुरु गरेको थियो ।
विश्वबिद्यालयले उत्पादन गरेका जनशक्ति राज्यको माथिल्लो तहको नीति निर्मातादेखि कायान्वायन गर्ने अबस्थासम्मका छन् । देश बिदेशका ठुला ब्यवसायीक प्रतिष्ठानहरुमा उच्च तहका ब्यवस्थापकसम्म भईसकेका छन् ।
देशको बदलिँदो परिस्थितीमा जनताको आबश्यकताकोे पहिचान गर्दै समानुकुल परिवर्तन भईरहने भएकोले यसको सम्बोधन गर्नको लागि बिज्ञान तथा प्रबिधिको प्रयोगबाट ब्यवस्थापन संकाय, विज्ञान र प्रबिधि संकाय, मानबिकी र कानुन संकाय, कलेज अफ मेडिकल एण्ड एलाईड साईन्सेज लगायत ब्यवस्थापन, स्वास्थ्य शिक्षा, बिज्ञान प्रबिधि, बन विज्ञान, कृषि र भेटनजरीका बिषयहरु अध्ययन हुँदै आएको छ । यस बिश्वबिद्यालयले १३० वटा कलेज मार्फत जनशक्ति उत्पादन हुँदै आएको छ । पूवाञ्चल विश्वबिद्यालयले एमफिल र पिएचडि कार्यक्रम पनि संचालनमा ल्याएको छ ।
पूर्वाञ्चल विश्वबिद्यालय बिराटनगर र नेपालको मात्र नभएर विश्व स्तरकै भएको निवर्तमान उपकुलपति प्रा.डा. घनश्यामलाल दाश बताउनुहन्छ । पूर्वाञ्चल विश्वबिद्यालय ८०५ बिगाहा जग्गामा स्थापित विश्वबिद्यालय हो । यस विश्वबिद्यालयको स्थापनाकोलागि सुन्दर हरैँचा नगरपालिकाको गोठगाउँलाई ब्यवस्थित गर्नेगरी संचालन निर्माणको काम तिब्र पारिएको छ।
दाउपेचमा विश्वबिद्यालय
पर्याप्त पूर्वाधार र भौतिक संरचनाका बाबजुद मोरङको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय अझै व्यवस्थित हुन सकेको छैन । विश्वविद्यालय अत्याधुनिक ८ वटा भवन, लाइब्रेरी, प्रयोगशाला कक्ष गोठ गाउँमा नै छ । त्यस्तै नयाँ भवनहरू बन्ने क्रम पनि जारी नै छन् ।
राजनैतिक दाउपेचको कारण विश्वविद्यालय थलिँदै गएको धेरैको बुझाइ छ । राजनैतिक नियुक्ति गरी विश्वविद्यालय कब्जा गर्ने रणनीतिले विश्वविद्यालयको अवस्था दिनदिनै खराब बन्दै गएको पनि आरोप लाग्दै आएको छ। । २०५० सालमा एक विकास क्षेत्र एक विश्वविद्यालयको अवधारणा विकास भए सँगै पूर्वाञ्चल विश्वविद्यालयको स्थापना भएको हो । यही अवधारणा अनुसार बि सं २०५२ सालमा विश्वविद्यालय सञ्चालन ऐन बनेको थियो । स्थापनाका बखत भवन अभावमा तत्कालीन ‘नेशनल ट्रेडिङ’ को भवन विराटनगरमा कार्यालय राखेर काम सुरु भयो ।
पछि विश्वविद्यालयको लागी जग्गाप्राप्त भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले सोही स्थानमा केन्द्रीय कार्यालय राख्न निर्देशन दिएका थिए । त्यहाँ पनि भवन पर्याप्त भएन । पछि जनता कानुन क्याम्पसको सम्पती विश्वबिद्यालयमा गाभिएपछि त्यी भवनबाट कार्यालय सञ्चालन भयो । त्यो जग्गा विश्वबिद्यालयको सम्पतीको रुपमा आयो ।
२०६५ साल देखी गोठगाँउमा भवन निर्माण कार्य सुरु भएको थियो । १८ करोडको लागतमा ८ वटा भवन निर्माण भएको थियो । तत्कालीन अवस्थामा २ सय बिघा जग्गामा जडीबुटी खेती तथा प्रशोधन केन्द्र बनाउने २ सय बिघामा भवन निर्माण गरी विभिन्न सङ्काय सञ्चालन गर्ने योजना बनेको थियो । ३ सय बिघामा नयाँ जातका बिरुवा रोप्ने र बाकी जग्गामा स्टेडियम र सुपर मार्केट बनाउने योजना रहेको थियो । तर माओवादी द्वन्दको कारण योजना असफल भएको थियो । राजाको शासनकालका उपकुलपति जगत् बहादुर केसीको पालामा मेडिकल शिक्षा सञ्चालन हुने भनिए तापनि पछि गणतन्त्र आएपछि उक्त मुद्दा सेलायो । त्यो बेला प्रक्रियाले गति लिएको थियो तर गणतन्त्र त्यसको लागि बाधक बन्यो ।
विश्वविद्यालयमा एमबिबिएस मेडिकल शिक्षा सञ्चालन गर्न माग उठ्दै आएको छ । तर एमडी, नर्सिङ, बि फर्मा, बिएन, बिएस्सी नर्सिङ भने संचालन भएपनि एमबिबिएस संचालनको पनि माग उठ्दै आएको छ ।
प्रदेश सरकारले ३ आर्थिक बर्षको बजेट बिनियोजना भएको अबस्थामा बिश्वबिद्यालयलाई अहिलेसम्म एक रुपैयाँ पनि बजेट दिईएको छैन । भने सङ्घीय सरकारबाट पर्याप्त बजेट विनियोजन नहुने कारणले विश्वविद्यालय धारासयी बन्ने चिन्ता बढेको छ ।
हाल स्नातकोत्तर शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि गोठगाउँ परिसरमा तीन वटा नयाँ आङ्गिक क्याम्पसहरूको सञ्चालन गरी उक्त आङ्गिक क्याम्पसहरू मार्फत कृषि शैक्षिक कार्यक्रमको सञ्चालनमा आएका छन् । कृषि, फरेष्ट्री एवम् वातावरण शैक्षिक कार्यक्रम पनि सञ्चालन हुन थालेको छ ।
विश्वबिद्यालयले प्राप्त गरेको उपकुलपति
विश्वबिद्यालय स्थापनाको चरणमा धु्रबनारायण लाल दास विश्व्बिद्यालयको उपकुलपतिमा नियुक्त हुनु भएको थियो भने डा भेष प्रसाद धमला रजिष्टार हुनुहुन्थ्यो । त्यसपछि तोरणबहादुर कार्की उपकुलपति हुँदा कृष्णप्रसाद शर्मा रजिष्टारमा नियुक्त हुनु भयो । त्यसयता जगतबहादुर केसी उपकुलपति भएको कार्यकालमा भोगेन्द्र उपाध्याय रजिष्टारको जिम्मेवारीमा हुनुहुन्थ्यो । बिचमा कतिपय अबस्थामा पदाधिकारी नहुने, ढिला नियुक्त हुने जस्ता समस्याहरु पनि विश्वबिद्यालयले भोग्नु पर्यो । उपकुलपतिमा रामावतार यादव नियुक्त हुँदा त्यो बिचमा चार महिनाको लागि सञ्जेश कोरईरालालाई नियुक्त गरियो उहाँको म्याद सकिएपछि राजकुमार ठाकुर रजिष्टारमा नियुक्त हुनुभयो ।
त्यसपछि महेश्वरमान श्रेष्ठ उपकुलपति हुँदा निरज पाण्डे रजिष्टार हुनुहुन्थयो । बिचमा अख्तियारमा मुद्दा परेपछि महेश्वरमान श्रेष्ठ सहितका पदाधिकारीलाई अख्तियारले मुद्दा दायर गर्यो त्यही बिचमा निलम्बनमा परेका महेश्वरमान श्रेष्ठको ठाउँमा शिरिष रिजाललाई ६ महिनाको लागि उपकुलपतिमा नियुक्त गरियो । भ्रष्टाचारको मुद्दामा महेश्वरमान श्रेष्ठ सहितका पदाधिकारीलाई अदालतले छाडेपछि केही महिना महेश्वर मान श्रेष्ठले नै उपकुलपतिको जिम्मेवारी लिनु भयो र उहाँको अबधिसकिएपछि धनश्यामलाल दास उपकुलपतिमा नियुक्त हुँदा प्रमिला थापा त्यसको रजिष्टारमा नियुक्त हुनु भएको थियो । धनश्यामलाल दासको अबकाशसँगै विश्वबिद्यालयको उपकुलपतिमा बिजु थपलियालाई तीन महिनाको लागि लिम्मेवारी दिएको थियो । अहिले विश्वविद्यालयको उपकुलपतिमा यादवराज कोईराला केही महिना अघि मात्र नियुक्त हुनु भएको छ भने रजिष्टार प्रमिला थापाको मंसिरमा अबधि सकिँदैछ ।
No comments:
Post a Comment