2020-07-27

औद्योगिक क्षेत्रमा श्रमिकका समस्यै समस्या

विराटनगर । प्रदेश १ का श्रमिकका अगुवा नेताहरुले श्रम कार्यालयले श्रमिकको लागि कामै नगरेको आरोप लगाएका छन् । ठुलो संख्यानमा श्रमिक मजदुरहरुले रोजगारी गुमाएको अबस्थामा निवेदन दिन गएका श्रमिकहरुको निवेदन समेत नलिएको उनीहरुको आरोप छ । संवाद समुह मोरङले आयोजना गरेको भच्र्युअल संवादको क्रममा ट्रेड युयिनयनका नेताहरुले श्रम कार्यालयले मजदुरको हितको लागि कामै नगरेको आरोप लगाएका हुन् । ठुलो संख्यामा श्रमिकहरुले रोजगारी गुमाए, साना बिषयलाई ईश्यु बनाएर कामबाट निकाल्ने गरिएको , तलव सुबिधा, घर बिदा र बिरामी बिदाको रकम अप्ठेरो परेर माग्दा समेत उद्योगले नदिने गरेको उनीहरुको भनाई छ । श्रमिकका समस्यालाई लिएर श्रम कार्यालयमा जाँदा कार्यालयका प्रमुख प्रेम प्रसाद सञ्जेलबाट कामै नहुने गरेको ट्रेड युनियन महासंघ जीफन्टका प्रदेश संयोजक किशोर धमलाले बताउनुभयो ।

‘उद्योग प्रतिष्ठानमा नियमित रुपमा काम गर्ने भनेर थोरै संख्यामा राख्ने र धेरै कामदारलाई दैनिक मजदुरको रुपमा राखिने र सेवा सुबिधा नदिने गरिएको गुननादेखि कामबाट नै निकालेका बिषयमा श्रम कार्यालयमा जाँदा कामै हुँदैन, धमलाले भन्नुभयो, श्रमिकको लागि भनेर खुलेको श्रम कार्यालयको कामैछैन ।’ मजदुरका निवेदन समेत नलिने गरेको उहाँको गुनासो छ ।
संयुक्त टेड युनियन समन्वय केन्द्रका प्रदेश अध्यक्ष नारायणबाबु कार्कीले कोरोना (कोभिड १९) का कारण ३ लाख बढी श्रमिकको रोजगारी गुम्ने अबस्थामा पुगेको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रमा कोभिड १९ले कति प्रभावित भए भन्ने यकिन तथ्यांक सहितको विवरण केही दिन भित्र सार्बजनिक गर्ने तयारी भईरहेकोले श्रमिकका समस्याको बारेमा ट्रड युनियनहरुले छलफल र समन्वय गरिएको भएपनि मालिकबाट मजदुर प्रताडित अबस्थामा पुगेको बताउनुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष ज्योती कोईरालाले उद्योगीलाई सरकारले पनि संरक्षण गरेको तर मजदुर लक्षित नीति आउन नसकेको आरोप लगाउनुभयो । मौद्रिक नीतिले पनि श्रमिकलाई छुन नसकेको उहाँको गुनासो छ । ‘श्रमिक लक्षित मौद्रिक नीति आएन, सबै उद्योगी र पुँजीपति मैत्री मौद्रीक नीति आएको छ, कोईरालाको भन्नुभयो, ‘तर श्रमिक भने राज्यले घोषणा गरेर राजपत्रमा प्रकाशित गरेको पारिश्रमिक पनि नपाउने अबस्थामा छन् ।’ स्थानीय तहले श्रमिकको तथ्यांक राख्न नसकेकोल कति श्रमिकको रोजगारी गुम्यो, कतिलाई रोजगारीको सिर्जना गर्नु पर्ने भन्ने समेत स्पष्ट नभएको कोईरालाको भनाई छ ।
ट्रेड युनियनहरुले श्रम आयोग गठन हुनु पर्ने, श्रम सल्लाहकार परिषद वा श्रम सल्लाहकार समिति प्रदेश र स्थानीय तहमा गठन गरि श्रमिकका समस्या समाधान तर्फ ध्यान दिन सरकारसँग माग गरेका छन् । उनीहरुले श्रमिक र मध्यम बर्गीय ब्यक्तिहरुको लागि ठोस कार्यक्रम ल्याउनु पर्ने समेत माग राखेका छन् ।
चिया किसान मजदुर संघका केन्द्रीय अध्यक्ष सिता सापकोटाले कृषि क्षेत्रका मजदुरपनि समस्यामा परेको बताउनुभयो । ग्रामिण क्षेत्रका चिया बगानमा काम गर्ने मजदुरहरु अझ बढी समस्यामा परेको बताउनुभयो ।
ट्रेड युनियन कांग्रेस महिला प्रदेश समिति अध्यक्ष सुनिता घिमिरेले महिला श्रमिकका बिषय थप जटिल भएको बताउनुभयो । यातायात क्षेत्रका मजदुर दैनिक भत्तामा काम गर्थे अहिले ति सर्बै बेरोजगार हुँदा पेशबाट नै पलायन हुनु पर्ने अबस्थामा पुगेको उहाँको भनाई छ ।
श्रमिक तथा मजदुरलाई काम गर्ने ठाउँसम्म पुग्नेगरी सवारी साधनको ब्यवस्थापन गरिनु पर्ने मजदुर नेता मोहम्मद नसरुलले माग गर्नुभयो ।
काम गर्न जाने श्रमिकलाई उद्योगले नै बस्ने ब्यवस्था, काम गर्ने मजदुरलाई पिपिई सहितका सुरक्षा, अप्ठेरोका बिचमा काम गर्न आउने मजदुरलाई अतिरिक्त सेवा सुबिधा, कोरोना बिमाको बारेमा सबै टेड युनियनले अनुगमन गर्ने बताएका छन् । तर सबै क्षेत्रले श्रमिकको कोरोना बिमा गर्नुपर्ने उनीहरुको माग छ । राज्यले हरेक उद्योग तथा ब्यवसायीक क्षेत्रमा नमुना कोरोनाको पिसिआर परीक्षण गरेर श्रमिकलाई संक्रमणबाट जोगिने ब्यवस्था मिलाउनु पर्ने माग गरेका छन् ।

No comments:

Post a Comment