माया गर्दा गल्ती भयो, तिम्रो मेरो हल्ला चल्यो
आंखा आंखा खै के जुध्यो, तिम्रो मेरो हल्ला चल्यो ।।

अलिकति अप्ठेरो, अलिकति पत्यारिलो
संगै बस्या तिमी र म, तिम्रो मेरो हल्ला चल्यो ।।

मनका कुरा गरेर, सुख दुःख साट्दै गर्दा
अप्ठेरोमा साथ दिंदा, तिम्रो मेरो हल्ला चल्यो ।।

कोहि नहुंदा मनको कुरा, गर्ने तिम्लाई रोज्दै गर्दा
मनले मनलाई माया गर्दा तिम्रो मेरो हल्ला चल्यो ।।
हेराईमा लजाउंथ्यौ, बोलाईमा मुस्काउंदा
कसलाई डाह लाग्यो कुन्नी, तिम्रो मेरो हल्ला चल्यो ।।
आंखा आंखा खै के जुध्यो, तिम्रो मेरो हल्ला चल्यो ।।
मनले मनलाई माया गर्दा तिम्रो मेरो हल्ला चल्यो ।।
हेराईमा लजाउंथ्यौ, बोलाईमा मुस्काउंदा
कसलाई डाह लाग्यो कुन्नी, तिम्रो मेरो हल्ला चल्यो ।।
आंखा आंखा खै के जुध्यो, तिम्रो मेरो हल्ला चल्यो ।।
No comments:
Post a Comment