2017-01-16

सिँचाइको लापरवाहीका कारण डुबान, लाखौँको क्षति

सुमन तिमल्सिना/उज्यालो ।

http://ujyaaloonline.com/news/69513/duban/
बिराटनगर, माघ ३ – गएको साउन र भदौमा दुईपटक गएको बाढीका कारण ठूलो क्षति ब्यहोरेका मोरङ सिसवनी जहदाका किसान फेरि डुवानबाट पीडित बनेका छन् । 
सुनसरी मोरङ सिँचाइ आयोजनाले नहरमा आवश्यकता भन्दा बढी पानि छोड्दा सिसवनी जहदाको ४० विगाहा भन्दा बढी क्षेत्रफलमा लगाइएको तरकारी बालिमा क्षति पुगेको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाले पूर्व जानकारी नदिइ नहरमा पानि छाड्दा मोरङ सिसवनी जहदा र कटहरीमा लगाएको तरकारी खेति डुबानमा परेको हो । किसानले लगाएका टमाटर, आलु र मकै नष्ट भएका छन् । 

प्रति किसान झण्डै दुई लाखभन्दा बढी लगानि लगाएर खेति गरेकोमा त्यो सबै नष्ट भएको किसानको भनाई छ । कटहरीका किसान कोपिन्द्र सिंहको समेत तरकारी खेति डुबानमा परेको छ । उहाँले भने गएको साउन र भदौमासमेत बाढीका कारण आफ्नो काउली र टमाटर नष्ट भएको बताउनुभयो । त्यसबेलाको क्षतिबाट बल्ल उक्सेका उहाँको अहिले फेरि १८ कठ्ठा क्षेत्रफलमा लगाएको टमाटर र ६ कठ्ठामा लगाएको बन्दा सखाप पारेको छ । 
नहरको ढोका पनि बिग्रीएको र सिँचाइले आफूहरुलाई कुनै जानकारी नदिइ रातको समयमा पानी छाडेपछि आफूहरुको बालि नोक्सान भएको किसानको गुनासो छ । यता जिल्ला कृषि विकास कार्यालय मोरङका बागवानी विकास अधिकृत काशीकुमार चौधरीले सुनसरी मोरङ सिँचाइ आयोजनाले आफूहरुसँग समन्वय नै नगर्दा यो समस्या आएको बताउनुभयो ।
सिँचाइका लागि बनाइएको नहरको ढोकासमेत लामो समयदेखि बिग्रिएको र सिँचाइले पूर्व जानकारी नै नदिइ नहरमा पानी छाड्दा ४० विगाहाभन्दा बढी तरकारी खेति डुबानमा परेको कार्यालयले जनाएको छ । 
डुवानका कारण २५ विगाहाभन्दा बढी क्षेत्रफलमा लगाइएको गोलभेडा, बन्दा, राज्मा, भिन्डी, आलु लगायतका तरकारी खेति र १५ विगाहाभन्दा बढी मकै र गहु डुबानमा परेको कार्यालयले जनाएको छ । डुबानले मकै र गहुँलाई खासै असर नगरेपनि तरकारी खेतिमा कम्तिमा पनि ८० लाखको नोक्सानी भएको कार्यालयले जनाएको छ । 

No comments:

Post a Comment