2017-01-16

ईटा भट्टा भित्रको सहर (फोटो फिचर सहित)

सुमन सुस्केरा
Morang_Balak
पुसको कठ्याङ्गीं्रदो जाडो । माटोमा काम गर्नु पर्ने उनीहरुको बाध्यता, त्यही भित्र रुमल्लीएको एउटा बस्तीको कथा निक्र्कै दर्दनाक छ । दैनिक रुपमा माटोसँग खेलिरहेकाहरु ईटा भट्टामा धेरै छन् आमा र बाबालिकाहरु छन् । कोही आफ्नो बच्चा सहित  भट्टामा काम गर्न आएका छन् भने कोही सेतै कापाल, दाह्री पाकि सकेकाहरु पनि यही काम गरि रहेका छन् । धेरैको पिडा एउटै छ थोरै भएपनि
रकम जम्मा गर्नु अनी परिवार पाल्नु । ईटा भट्टामा गुजारा चलाउनेहरु अधिकांश नेपाली भन्दा भारतिय नागरिक रहेका छन्.। उनीहरु हरेक बर्षको ६ महिना नेपालका ईटा भट्टाहरुमा आएर काम गर्छन् अनी त्यहीबाट आफ्नो जिविका चलाउँछन् । यसरी आउनेमा हजुरआमा देखी नाती पनाती सम्मका पुरै पुस्ताको दैनिकी ईटा भट्टामा बित्छ ।
mato ma briddha_bhaudaha Morang photo by suman
aama xora_bhatta ma (फोटो सुमन )
मोरङको भौडाहा गाबिस वडा नम्बर ९ मा मात्र हिमाल, एसीसी, जनता, बिराट, अंकित, उत्सव, अम्बे तथा आकाश  ईटाहरु उत्पादन हुँन्छन् । यी भट्टामा झण्डै २ हजारको हाराहारीमा काम दार छन् । यि अधिकांश भारतिय कामदार छन् । यसरी काम गर्नेमा स–साना बालबालिका र महिला बढी छन् । ईटा भट्टा भित्रको अबस्था एउटा भयाबह र काहाली लाग्दो छ । यहाँ धेरै आमाहरु आफ्ना बच्चाको अबस्थाको बारेमा छट्पटाई रहेका छन् । कोही आज त काम गरियो भोली के खाने भनेर दुख सुख गरि जिवन गुजारा गर्नु उनीहरुको जिवनचर्या नै हो । यही भट्टा भित्र धेरै महलहरु छन् जहाँ उनीहरुले काम गर्दाको अबधी भर सजाउँछन् । यो भट्टा भित्रको बस्तीमा धेरै काम गर्ने कामदार बुबा आमा भन्दा पनि उनिहरुको बच्चाहरु छन् ।
धेरैका पिडा आफ्नै छन् । हस्दा विवी आफ्नो तिन बर्षिय बिरामी छोरो लिएर काम गर्दै हुुनुहुन्छ । उहाँ भन्नुहुन्छ, छोरा बिरामी भएको ३ दिन बित्यो उपचार गराउन सकिएको छैन ।’ छोरा बिरामी भएर थलिएको ३ बित्यो उपचार गराउने ठाउँ सम्म उहाँलाई थाहा छैन । पुसको कठ्याङ्ग्रीदो जाडोको बिचमा बाबु नानी सहित माटोको काम गर्दा ति बाबुनानीलाई त्यही चिसो भुईमा सुताएर काम गर्नु पर्ने बाध्यता उहाँले सुनाउनुभयो ।  
मोरंग , आमा र बिरामी छोरा (फोटो सुमन )
यी भट्टा भित्र काम गर्ने धेरै भारतिय कामदारलाई औषधी उपचार गर्न लैजानको लागि कुनै ठाउँ थाहा छैन । गाडीले ल्याएर सिधै ईटा भट्टामा छाडिदिए पछि फर्किनको लागि गाडी आउँछ अनी त्यही गाडठीमा फर्कन्छन् । 
एक त नयाँ ठाउँ अनी  अर्को समस्या गाउँ नजिकै छ्रैनन्, भएपनि औषधी उपचार गर्नको लागि सहज ठाउँ छ्रैन । मानवियता खोज्दै गरेका यी भट्टाका बालबालिका र महिलाको बारेमा बोलिदिन कोही पनि पुग्दैनन् । अनी अधिकारका कुरा उठाउनेहरु भारतिय बालबालिका भनेर फर्कन्छन् । 
मोरङका ईटा उद्योग भारतीय कामदारको भरमा चलेको छ । उनीहरुको कमाईपनि त्यती निराश भईहाल्नु पर्ने अबस्थाको छैन । एक हजार इँटा बनाए बापत उनीहरुले भारु चारसय ५० रुपैया परिश्रमिक पाउँछन् । परिवारले दैनिक २५ सय देखि ३ हजारसम्म इँटा बनाउँछन् । जति इँटा बनाउन सक्यो उति नै आम्दानी गर्न सकिने कामदारहरु बताउँछन् । भारत कुच बिहारबाटै आएका राहुल मियाँ भन्नुहुन्छ, गरिबीको कारण परिवाररै  नेपाल आउनु परेको हो । ’
यसरी काम गर्ने कामदारहरुको नेपाल आएर ईटा बनाउने काम गरेको बर्षै बिति सकेको छ । एउटा ईटा भट्टामा काम गर्ने भारतिय कामदार पाँच सय भन्दा बढी छन् । त्यसरी काम गर्नेहरु आएर ६ महिना नेपालमा काम गर्ने अनी ६ महिना पछि फर्कने गर्छन् । उनीहरु ५ महिनाको अबधिमा झण्डै एक लाख कमाउँछन् अनी फर्कन्छन् ।कुच बिहार भारतका अहिद अली मियाँले सबै परिवारलाई भट्टामा ल्याएर काम लगाउनु भएको छ । उहाँ भन्नुहुन्छ, फर्किने बेला सम्म एक लाख भारतिय रुपैयाँ कमिन्छ । 
यसरी उद्योगमा काम गर्ने बालबालिका देखि बृद्ध सम्मका रहेका छन् । उनीहरु भन्दा भारतिय भनिएपनि स्पष्ट हिन्दी समेतबोल्न जान्दैनन् । उनीहरु बंगाली भाषा बोल्छन् । अनी त्यो भट्टभित्रका  नेपाली कामदारसँग पनि तालमेल पनि मिल्दैन । बाहिरबाट देखिने ईटा भट्टा भित्रको अबस्था  दर्दनाक र कहाली लाग्दो छ । यहाँ ठुलो बस्ती छ । यही बस्तीमा उनीहरु आफ्नो जिन्दगी र भबिश्य खोजी रहेका छन् । माटो, हिलो अनी धुलोका बिचमा आफ्ना स–साना लालाबालालाई आफ्नो जिवन जिउने आधार सिकाउँदैछन् ।
खेतीयोग्य जमिन मरुभुमी करण तर्फ ः– मोरङको भौडाहामात्र नौ वटा भट्टा संचालनमा छन् । खेती योग्य जमिनहरु यही भट्टाको कारणले नष्ट हुँदैछ । ईटा बनाईएका स्थल मात्र हैनन्, आसपासका सबै क्षेत्रहरु मरुभुमीकरण तर्फ उन्मुख हुँदैछन् । यो भौडाहाको वडा नम्बर ९ मा मात्र हिमाल, एसीसी, जनता, बिराट, अंकित, उत्सव, अम्बे तथा आकाश  ईटाहरु उत्पादन हुँदैछन् तर यसले खेतीयोग्य जमिनमा कस्तो असर पारि रहेको छ भन्नेमा कसैको पनि चासो गएको पाईँदैन । भौडाहा ९का गुवालचन्द्र राजबंशीलाई यसरी धेरै भट्टा खुलेको चित बुझेको छैन । 
काममा बालक , भट्टामा मोरंग (फोटो सुमन )
यी ईटा भट्टाबाट बर्षमा अर्बौको कारोवार गरेपनि स्थानीयले केही पाउन सकेको उहाँले गुनासो गर्नुभयो । ईटा उद्योगहरुमा ९० प्रतिशत भारतीय कामदारहरु कार्यरत छन् । एउटा उद्योगले वार्षिक दुईसय बढी भारतीय कामदार ल्याउँछन् । 
न कामको ग्यारेन्टी छ, न त उद्योगले स्थानियलाई आश्वस्त नै पार्न सकेका छन् । यि सबै कुरालाई आधार मान्ने हो भने ईटा उद्योगहरुले ठुलो प्रदुषण नित्याएका छन् । खेती योग्य जमिन उजाड बन्दैछन्., छेउछाउका बस्तीहरुमा पानीको अभाव देखिन थालेको छ । स्थानीय कामदार अनी उराव, मापदण्ड भन्दा बाहिर गएर उद्योगहरुले मनालग्दी उत्खनन् गरि रहेका छन् ।  तर उद्योग संचालकहरु यि सबैकुरा स्वीकार गर्नए सक्दैनन् ।  उनीहरु भन्दैछन्, कामदार अभावका बिच उत्पादन गरेर महान काम गर्यौँ । 
सामान्यतया नजिकै कलकारखाना र उद्योगधन्दा सञ्चालनमा आए त्यहाँका स्थानीय खुसी हुन्छन् । खुसी हुनुको कारण रोजगारी, सुविधा र अन्य थुपै्र अवसर । तर, यी सञ्चालित ईटा उद्योगका कारण स्थानीय खुसी हुन सकेका छैनन् । 
यति की उद्योगमा लगेर राखिएका बालबालिकाको उपचार समेत हुने गरेको छैन । हुन त यसरी उद्योगमा आएर कति बालबालिकाले ज्यान गुमाए होलान् त्यसको तथ्यांक बाहिर नआएपनि धेरै बालबालिकाको भट्टामा ज्यान जाने गरेका छन् ।  चिसोका बिच उपचारै गराउन नपाएका यस्ता बालबालिकाको बिषयमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले त्यस बारेमा जानकारी नभएको बताउनुभयो । त्यस बारेमा बुझ्ने उहाँको प्रतिक्रिया छ ।
ईंटा भट्टाबाट निस्कने धुँवा र धुलो निकै हानिकारक हुने भएकाले यस्ता स्थलमा बालबालिका राख्नै नहुने बिज्ञहरु बताउँछन् । अब यस्ता उद्योगमा हुने कर्म र बालबालिको बिषयमा पनि ध्यान दिने पो हो की ? 

No comments:

Post a Comment