सुमन तिमल्सिना/ उज्यालो । कोलकता (भारत) (मंसिर २५)
हिमाललाई ढाक्यो कान्छा हिउँको पछ्यौरीले......,
पिरतीको भाका बोल्छ फुल मञ्जरीले ।।....
प्रितीको खिल गढ्यो तिम्रो गलबन्दीमा
चोखो माया साँचेकी छु मैले चौबन्दीमा ।।
पिरतीको भाका बोल्छ फुल मञ्जरीले ।।....
प्रितीको खिल गढ्यो तिम्रो गलबन्दीमा
चोखो माया साँचेकी छु मैले चौबन्दीमा ।।
अन्जु पन्तले गाउनु भएको यो गीतमा छम्छमी नृत्य गरि रहेकी मोरङ झोराहाटकी अनु श्रेष्ठ भारतको कोलकतामा आयोजना भएको सार्कस्तरीय कार्यक्रममा नृत्य प्रस्तुत गर्दै हुनुहुन्थ्यो ।
झण्डै ५ मिनेटको यो गीत सकिए लगत्तै ताली घन्किन थाल्यो । ‘वान्समोर’ भन्दै दर्शकले हुटिङ गरेपछि नेपाली टोलीलाई हौसला मिल्यो । सार्क कल्चर एशोसिएशनले भारतको नदिया जिल्ला आशन नगरमा आयोजना भएको कार्यक्रममा सहभागी हुन पुगेको नेपाली टोलीले नेपाली संस्कृती झल्कने बिभिन्न नृत्य तथा कला प्रस्तुत गर्यो ।
बंगाली भाषा बोल्ने समुदायको बाहुल्यता भएको यो ठाउँमा कसैले पनि बंगाली भाषा बाहेक हिन्दी या अंग्रेजी कुनै भाषा पनि जान्दैनन् । तर नेपाली नृत्य प्रस्तुत गरेकी अनुको मात्र हैन मनिषा बरालको नृत्यले पनि धेरै बंगाली भाषीलाई नेपाली संस्कृतिप्रति आकर्षित गर्यो । झोराहाट नाट्य समुह सहितको टोली कार्यंक्रममा सहभागी हुन मोरङबाट कोलकता गएको थियो ।
बंगाली भाषा बोल्ने समुदायको बाहुल्यता भएको यो ठाउँमा कसैले पनि बंगाली भाषा बाहेक हिन्दी या अंग्रेजी कुनै भाषा पनि जान्दैनन् । तर नेपाली नृत्य प्रस्तुत गरेकी अनुको मात्र हैन मनिषा बरालको नृत्यले पनि धेरै बंगाली भाषीलाई नेपाली संस्कृतिप्रति आकर्षित गर्यो । झोराहाट नाट्य समुह सहितको टोली कार्यंक्रममा सहभागी हुन मोरङबाट कोलकता गएको थियो ।
भारतका हरेक प्रान्त सहित बंगलादेश, भुटान, श्रीलंका तथा नेपालका कलाकर्मी सहभागी कार्यक्रममा बंगलादेशबाट आएका कलाकर्मीले बंगलादेशमा गाईने लोकगित प्रस्तुत गरेका थिए । बंगलादेशकी गायिका ममता रानीले नेपाली कला संस्कृतीको प्रशंसा गर्दै नेपाली गीत र संगित निकै मिठो रहेको तर्क गर्दै आफुले गाउँदै आएको गीत सबै सामु प्रस्तुत गर्नु भएको थियो । .jpg)
.jpg)
नेपाली टोलीका तर्फबाट गएका झोराहाट नाट्य समुहका अध्यक्ष तथा नाट्य निर्देशक भरत गुरागाईंले नेपाली कलालाई अन्तर्राष्ट्रिय रुपमा प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । नेपाली नाटक मात्र हैन त्यसमा मिसिएको गीत संगितले धेरैलाई हौस्याएको उहाँको भनाई छ । भारतको नाकाबन्दीबाट थला परेको नेपाली कलाकारितामा अन्तराष्ट्रिय रुपबाट प्रशंसित हुन पाउनु निकै खुशी र गर्वको कुरा भएको उहाँले बताउनुभयो । हिन्दी भाषा नै नबुझ्ने बंगालीहरुले नेपाली नाटकको स्वाद भने चाख्न सकेनन् । नाटकमा संवाद नबुझ्दा कलाकारलाई नै असजिलो महसुस भएको थियो ।
यसअघि बंगलादेशमा आफ्नो प्रस्तुति देखाएको नेपाली टोलीले भारतको गुहाटी पछि कोलकतामा कार्यक्रम गरेको हो ।
http://ujyaaloonline.com/news/51158/nepalese-presentationin-Banglore/
No comments:
Post a Comment