2015-01-06

गुमेको सपना

आज पनि उ बेतमासले हा“सी रहेकी छे । मेरो अफिसबाट डेरा आउने चोकैमा हुन्छे उ । प्रत्यक दिन अफिस जा“दा र फर्कदा उसले मलाई हेरी रहेकी हुन्छे तर थाहा छैन किन उ यसरी हेर्छे । हेराईमा उसको आफ्नै ताल छ आफ्नै सुर छ किन आफैले आफैलाई सम्हाल्न सकि रहेकी छैन । एक दिन उसले किन आज मलाई कसैसंग बोल्न मन छैन पनि नभनेकी हैन तर आज उसका ती दिनहरु कल्पनामा मात्र बांकी रहेको छ ।
 यसरी समाजमा उसलाई हेर्ने प्रबृतिमा पनि फरक आएको छ । पहिले उसलाई सबैले सपना भन्थे बस्तवमा सपना सबैकी सपना बनेकी थी सपना अव मात्र कल्पनामा सिमित बनेको छ । उसलाई आज मेरी सपना भनेर बोलाईदैन ? हुन पनि मान्छेलाई समयले धेरै चाहिने पनि काम गरेको छ र कसैलाई त्यही समयले जीवनको अन्त्य पनि गरिदिएको छ । आज सपनाको जीन्दगीमा पनि एउटा धब्बा लागेको छ । सपना भनेर म्वाई खानेहरु , माया गरेर सुमसुम्याउनेहरु पनि आज टाढा भएका छन् । 
उ सधै जस्तौ त्यही ठाउमा बसी रहेकी हुन्थी आज पनि उ त्यही ठाउमा थी जोनतोनको त्यो ठाउमा आंखा नपुगे जनि मेरो आफिस आउदा जांदा सधै नै आंखा पुग्ने गर्दथे ।  मैले उसलाई सानै छदा देखी नै हो चिनेको । तर पछिल्ला दिनमा म आफ्नै काममा ब्यस्त हुन थाले सबैको आ–आफ््नै समस्या जीवन संग जेलिएको हुदो रहेछ । त्यही जीवन भोगाईको क्रममा मैले केही दिनदेखी उसलाई त्यही सेरोफेरोमा देख्ने गरेको थिए  ।

बिदाको दिन बिताउन गाह्रो भई रहेको थियो कोठामा एक्लै बस्न पनि दिक्क लाने गर्दछ । कसैसंग त्यति नबोल्ने भएको कारण ले पनि अरु संग मेरो कुरा मिल्ने कारण पनि थिएन । फुस्रा राजनितिका कुरा गरे दिन बिताउने भन्दा कसैको जिन्दगी बिषेशलाई नियाल्ने मेरो बानी नै थियो । त्यही भएर पनि होला त्यो बिदाको दिनलाई मैले त्यौ सधै जस्तो देखिने र पहिले सबैकी त्यही सपनासंग दिन काटने मैले निधो गरें र बिहानै उठेर कपडा  धुने नुहाउने र बिहानको खाना खाएर म त्यही सधै टोलाएर बस्ने त्यही  चोक तर्फ हानिएं । सधै अफिस गएको देख्नेले पनि आज कहां हिडेछ भने होलन् । देख्नेले भने होलान् नदेख्नेले नया अनुहार को हो पनि भनन पछि परेनन् होला । 
तर समयको गति सगै सधै मलाई धेरै टाढा लाग्ने त्यो बाटो आज म जांडै निक्लीए । सधै भिडभाड रहने त्यो चोक आज सुनसान थियो । बिभिन्न कार्यालयका कर्मचारी को जम्काभेट भै रहने त्यो ठाउमा आज शुन्यता छाएको थियो । बिदाको दिन भएर पनि होला आज यहा कमैको मात्र उपस्चथीती रहेको । ति गल्लीलाई छिचोल्दै अगाडी बढे  त्याहा त्यो समयमा उ थिईन । 
चारैतिर हेरें कतै देखिन नदेखे पछि कता गईछ भन्ने कौतुहलताले सतायो । कहां र्गात सपना मलाई झन झन् उसको याद आयो अघिल्लो दिन अफिस बाट पर्किदा सोही ठाउमा देखिएकी सपनालाई त्याहा नपाउदा मन पिरो भयो । आकाशमा कालो बादल ढाकीएको जस्तै मेरो मनमा चिन्ताले सतायो । 

चारैतिर हेरें कतै पाउन नसके पछि त्यही चोकको छेउमा सधै चिया बेचेर दुईचार पैसा आउला र घरखर्च चल्ला भनेर सधै त्यो दोबाटो रुंगेर बस्ने साहुनी चिया पसलमा उसलाई पो थाहा छकी भनेर पसें । यो चिया पसलमा सबैको दिन बिताउने तथा गफ छाटेर बस्ने थलो नै मानिन्थ्यो चिया पनि मिठो खुवाउने अनी साहुनी संग मस्की मस्की कुरा गर्न पाईने भएकोले युवा देखी केश पाकी सकेकाको भिड लाग्ने गर्दथ्यो । हुन पनि साहुनी कम राम्री थिईन् र ? बैशमा त उनलाई माया गर्छु भन्नेको लाईनै लाग्थ्यो रे ? एक दिनमा सात जनाले सम्म माया गर्छ भनेको थाहा छ रे उनलाई । सबैले माया गर्थे कसैले माया गरेर  कली साहुनी भन्थे कसैले कन्छी भनेर बोलाउथे भने कसैको त्याहा वरी परिकाले कसैको साहुनी दिदी त कसैको साहुनी बैनी सबैको आ–आफ्नै सम्बोधन थियो , तर मैले भने उसलाई साहुनी बैन भिनेर सम्बोधन गर्ने गर्दर्थें । उ पनि जो संग पनि ठिक्क हुने भएकोले सबैले माया गर्ने गर्दथे । त्याहा पुगेर टृुसुक्क बस्न नपाउदै साहुनीले मसक्क मस्कीदै भनीन् ः ए सर बिहानै आज, आज त बिदको दिन पनि हैन र ? केही थियो की ? उनको त्यो सोधाईमा म निरुतर भएं । केही जवाफ दिन सक्ने अवस्थामा नभएको जस्तो धेरैदिको रोगले गांजेर भर्खर उठेको बिरामी जस्तो अवस्थामा थिए । तर पनि मैले सोधी हालेंः 

साहुनी बैनी ...?
त्याहा सधै जस्तो टोलाएर बस्ने एकजना महिलालाई देखेको हो ?
मैले सोध्न नपाउदै किन र सर ? उनले प्रति प्रश्न गरिन् ।
खासै केही हैन सधै देखि रहन्थें त्यसैले । 

उनको पनी मुहार मलिन भयो एकै छिन् अगाडी हांसि हांसी बोलेकी उनीमा निस्तब्धता छायो । कठै बिचरी कसले त्यसरी धोका दिए छ खै हामीलाई त त्यती थाहा भएन तर बास्तबिकता के रहेछ भने जसलाई उसले माया गरेकी थिई उसको मृत्यु पछि घरबाट निकाली दिए रे । मैले थाहा पाए अनुसार यसले आफ्नोघर परिवारको ईच्छा बिपरित नौ कक्षामा पढ्दा पढ्दै भागेर विवाह गरेकी रे । 
घर परिवारलाई पनि एक साता सम्म थाहा थिएन रे । पछि खोज्दै जांदा पत्ता लागेछ उसको घरपरिवारबाट छुटाउन गएका पनि रहेछन् । तर प्रहरीमा पुग्दा पनि केटीले आउन नमाने पछी घरपरिवारले सधैकोलागी छोरी संगको सम्बन्ध टुटेको भन्दै फर्किएका थिए रे । त्यति मात्र हो र सर उसको त अन्तरजातिय विवाह थियो रे । उ भागेर गएको एक बर्ष सम्म त राम्रो नै भएछ । एक दिनको कुरा हो उसको श्रीमान्को दुर्घटनामा परेर मृत्यु भएछ । श्रीमानको मृत्यु पछि उसको मन एकोहोरिएको रे त्यसपछि घर छाडेर हिडेकीरे धेरै भएको पनि रहेनछ ३÷४ दिन जति भएको थियो यताउती हिडेको देख्थें तर आज त आफुलाई यो संसारबाट टाढा पुर्याईछे बिचरीले । अहिले प्रहरी कार्यलयमा छ उसको लाश ।

उसको कुरा शिद्धीन नपाउदै मेरो आंखामा आंसु टिल्पिलाएका थिए । उरुले देख्लान्की भन्ने लाग्यो सुटुक्क आफ्नो आंखामा आएको आंसुलाई पुछे । उसको कुराले म छांगोबाट खसेको जस्तै भएं । मैले सम्झीए ती सानो छदाको अवस्थामा म भन्दा उमेर केही सानी भए उसको र मेरो कतियप कुराहरु मिल्थे म कामको सिलसिलामा गाउबाट हिंडे पछि मा मैले  उसको प्रेम बिवाह भएको सुनेको थिए । केही दिन देखी त्यही क्षेत्रमा टहलिएर बसेकी उसलाई चिन्न नसक्नु अनी जुन दिन मैले उ संग भेट्छु भनेर भेट्न आउदा कुरा नै गर्न भेटघाट नै नभई उसले यो संसारबाट विदा लिनु । 
उफ........... 
यो संसार पनि कति स्वार्थी र पापी छ मनमा अनेकौ कुरा खेलाउदै प्रहरी कार्यालय तर्फ लागे । प्रहरी कार्यलयमा लाशको पोष्ट मार्टम हुदै थियो । म त्याहां पुगे एक पटक नियालें नजिकै पुगेर हेरें हेरीरहे उसको अवस्था देखेर जो केही को पनि मन बदलिन्थ्यो होला मेरो पनि त्यस्तै भयो । हो त्यो समय मैले उसलाई हेरेको त्यो क्षण बग्रेल्ती असारे झरी झै मेरो आंखामा आंसुहरु बर्षिरहेका थिए । त्यहा उसको लाश बुझ्नको लागी आफ्ना मान्छे चाहिने रहेछ कोही छन् भनेर सोधियो लाश बुझने कोही पनि निस्कीएनन् । बिवाह भै सकेकी उनी उसलाई माईतिले पनि छाडेका माईतिलाई पनि थाहा थिएन होला कोही ननिस्कीए पछि मानविय धर्मले मेरो मन मानेन त्यस पछि मैले भने म हुं उसको आफन्त भनेर मैले उसको लाश बुझे ।
 मैले यो कल्पना पनि गरेको थिईन जो संग मनको कुरा गरौला दुःख साटौला भनेर  कोठाबाट आएको म लाशको दाह संस्कार गर्न तर्फ लागे गाउका खासै कोही पनि आएनन् । मेरो चिनजानको मेरा साथीहरु मात्र थिए । मलामीको लस्कर सहितको लाशको बिधी अनुसार अन्त्यष्टी गरियो । पहिले सबैको माया पाएकी उसले मरेर जांदा समेत कसैको माया पाउन सकिन । आफन्तहरुको मायाबाट नै टाढा हुदा मर्दा समेत मुखमा पानी हालिदिने आफन्त कोही पाईन भन्ने यावत कुरा खेलाउदै म अनिर्णित यात्रामा लागें  ।

चिरन्जीबी तिमल्सीना “सुमन सूस्केरा”
२०६५ साल पुृस १३

No comments:

Post a Comment