2014-05-28

अनेपेक्षित पत्र ।।

खै के भनेर सम्बोधन गरौ ,
कुनै शब्दनै छैन ,
कसरी सुरु गरु यो पत्रलाई पत्र लेख्नै पर्ने  कुनै कारण पनि छैन । तर पनि लेख्दै छु कहिलेकाही
 नत मैले देखेकोनै छु नत भेटेको तर कल्पनामा सधै देख्छु र भेट्छु पनि , अनि मनभरी थुपारी राखेका रहेक पिडा , संगै सारा खुसी हजुरको सामु फैलाउछु , कहिले रुन्छु कहिले धेरै खुसी हुन्छु मात्र कल्पनामा । सायद कल्पना पनि नभएको भए के हुन्थ्यो होला है ? प्रश्न उठ्न थाल्छ मनमा तर जवाफ छैन ।सायद ईन्टरनेटको जमाना हुने थिएन भने कापीको बिचको पानामा यिनै शब्दहरु लेखेर हुलाकी दाई मार्फत हजुरसामु सुरक्षित रुपमा यो पत्र पठाउने थिए तर ईन्टरनेटले गर्दा हुलाकी दाईलाई दुख दिन परेन ।
लाटा हजुरलाई धेरै सताएकी छु मैले , धेरै दुख पनि त दिएकी छु तर अब दुख दिनेछैन । भन्नुहुन्छ होला है कस्तो केटी होला मैले वास्ता नगर्दा पनि फोन गरेको गरेकै गर्ने , फेसबुकमा पनि म्यासेज पठाएको पठाएकै गर्ने । हे भगवान मलाई यो मान्छेबाट छुटकार देउन । तर कहिल्यै तेस्तो नसोच्नु ल । मात्र साथिको नाताले माया गर्छु र सम्झन्छु । हो मलाई थाहा छ जो संग धेरै नजिक भएका हुन्छौ हामी त्यो मान्छेसंग छिटै टाढा हुनुपर्छरे सायद यो सत्य हो । त्यसैले त हजुरबाट पनि टाढा जाने दिन आउन लागेछ ।
मेरो मात्र मेरो लाटा, हिजो कसैसंग धेरै नजिक भए उसले सधैको  लागि मलाई छोडेर गयो ।आज फेरी कसैलाई नजिकको जस्तो महसुस गरेकी थिए उसबाट म आफै टाढा हुदैछु । माया मनले गर्ने कुरा हो मनले कसैलाई चाहान्छ भने त्यो गल्ति पक्कै होईन होला । के माया गर्दैमा विवाह गर्न पर्छ भन्ने छ र ? के माया गर्दैमा उसको सबै कुरा लुटिन्छ र ? के मायाको गर्नुको अर्थ सिउदो भर्नु मात्र हो र ? पक्कै होईन होला । मैले मनले माया गरे एउटा साथिलाई मात्र साथिको लागि तर साथि भन्दा माथिको सम्बन्धको लागि पक्कै होईन ।
लाटा धेरैले मलाई माया गरेहोलान । धेरैले गर्छन होला । तर मलाई माया गर्ने धेरै भएपनि मैले माया गर्ने सिमित छन् । एउटा त्यो व्यक्ति जो कहिल्यै न फर्कने गरेर गयो । एउटा यो व्यक्ति जसलाई किन माया गरे थाहा छैन । र अरु कोही होलान या नहोलान् ।उसको विदाई पछि फेरी कसैप्रति माया पलाउला मैले यो बारेमा कल्पना समेत गरेकी थिईन तर मनले के सोच्यो र के पायो थाहा छैन हजुर प्रति पनि माया बसेछ ।
मैले माया गर्दैमा हजुरले पनि मलाई माया गर्नुपर्छ भन्ने कही पनि छैन र हजुरले माया गर्नु या नगर्नु त्यो हजुरको कुरा हो । मलाई माया गर्नेलाई मैले वेवास्ता गर्छु हजुरले पनि वेवास्ता गर्नु यो कुराले मेरो मन कहिल्यै दुख्ने छैन लाटा । एउटा त्यस्तो गुण भेटे हजुरमा जसले मलाई हजुरप्रति सकारात्मक सोच संगै माया गर्न बाध्य बनायो । आज म एक्लै छु त्येसैले पनि हुन सक्छ म यति धरै दुखिरहेकि छु । स्वार्थी यो समाजमा स्वार्थले भरिएर बा“च्नेहरुले मलाई ठा“उ अनुसार नाम दिदै आए हजुरले पनि आङ्खनै बुझाई अनुसारको नाम दिए हुन्छ म जे भनेपनि सहन्छु ।
आखिर जिवन यात्रा नै रहेछ यात्राको क्रममा धेरैजनासंग ठोक्किन पुगिन्छ हो त्यसरीनै मेरो मन हजुरसंग ठोकियो । यो कुनै गहिराईमा पुगेर ठोकिएको होईन मात्र बाहिर हो यसबाट निस्कन धेरै सजिलो पनि छ । यो पत्रको कुनै अनर्थ  नलगाउनु है । मेरो बिन्ति छ । उसले छोडेर गएपछिको ६ वर्ष पछि पत्र लेख्ने मन भयो अनि लेखे । थाहा छैन हजुरले के सोच्नुहोला यो पढेपछि तर नराम्रो केही नसोच्नु है । कुनै शब्दले त्यो खुसी मनलाई दुखी बनाउने कोशिज गर्यो भने त्यसलाई हटाईदिनु ल ।
अन्त्यमा , हजुर एउटा मेहनत गर्ने मान्छे त्यो मेहनति बानीलाई सधै निरन्तरता दिनु , काम प्रतिको ईमान्दारिता धेरै राम्रो लाग्यो । घरपरिवार , आफन्त र साथिभाईलाई गर्ने व्यवहारले मन लोभ्यायो । हजुरको वास्तविकता त केही पनि थाहा छैन मलाई र अब पनि थाहा पाउने कोशिज गर्ने छैन लाटा । केही दिनको हजुर र मेरो  अप्रत्यक्ष यात्रा
samjhana 

धेरै रमाईलो भयो । सायद चाहेर पनि भुल्न सक्ने छैन ।
एउटा बाचा गर्नु  मेरो बारेमा कहिल्यै पनि कसैसंग यो केटीले मलाई यसरी माया गर्थि भनेर नभनिदिनु ल । यो मेरो माया हजुरको लागि मात्र हो अरुलाई भन्नको लागि पक्कै होईन त्यसैले । माया गर्छु भनेर गर्ने र गर्दिन भनेर नगर्ने पक्कै होईन सच्चा माया सधैभरी अजर अमर रहिरहन्छ त्यसैले हजुर प्रतिको मेरो निस्वार्थ माया कहिल्यै मर्ने छैन । जहा भएपनि जहा गएपनि सधै सधै रहिरहन्छ निरन्तर ।
                                           उही हजुरकी
                                             नक्कली                                  
उसको यो पत्र हेरे हेरी रहें मनले के के सोच्यो । उनको र मेरो चिनजान फेसबुक बाट नै भएको हो । उनले मलाई गर्ने हरेक शब्दमा मायांका आभास लुकेर रहेका हुन्थे । लाग्थ्यो, उसलाई कुनै समय धेरै चोट परेको हुनुपर्छ । एक दिन उनले मलाई भन्दै थिईन्, हजुरले कसैलाई मायां गर्नु भएको थियो हो ? उसको यो प्रश्नमा म अनुत्तरीत भएको थिएं । उसको कुरा सुन्दा सुन्दै उनी रुन थालिन् । उसलाई मैले सबैभन्दा धेरै मायां गर्छु र अबको दिनमा कहिल्यै अरुसँग विवहा गर्दिन पनि ।
उसलाई भएको रहेछ साखै सन्चो नुहने पनि । अनि कहिले के कहिले के । उनलाई त्यस्तो भएको समयमा मैले के भयो नक्कली भन्दा उसलाई भित्र दुखि रहेको घाउअझ बल्झिंदो रहेछ । अनी यस्तै यस्तै नै हो उसको र मेरा गफ गाफ पनि । जव नयां बिहानीले पुर्बमा लाली भरेको हुन्थ्यो त्यो बिहानको भाले नबास्दै उनको फोन मेरो मोवाईलमा निरन्तर बज्दे किनकी म बिहानै काममा निस्कनु पर्ने काममा जान ब्युझाउनको लागि । बिहान मेरो रेडियोमा जानु पर्ने ५ बजे नै हो । हजुर उठ्नु भएन ? उठ्नुस्  ।
जव बिहानको ७ बजेको हुन्थ्यो , नास्ता खानु भयौ त अर्को फोन आउंथ्यो, अनी बिहानको १० बज्न नपाउंदै खाना भयो तः ? त्यसको केही घण्टा बित्न नपाउंदै अर्को फोन आउंथ्यो त्यही दिउंसो २ बजेको सेरोफेरोमा नास्ता भयो त ? उसको अर्को प्रश्न ,  म झसंङग झस्कीन्थे संच्चीकै मैले त्यती बेला सम्म पनि केही खाएको हुंदैन थिएं । अनी होटल पस्थें केही किनेर खान्थें ।
दिनभरीको थकान जब दिन ढःदै जन्छ सांझको ७ पर्न नपाउंदै मेरो मोवाईलमा अर्को फेन बज्न थाल्छ । तपाई घरमा पुग्नु भयो  त? म जांदै छु मेरो जवाफ पछि उ खुसी भएर फोन काट्छे । ......... अनी सांझको नौ नबज्दै उसको अर्को फोन  ।


लाटा भनेर सम्बोधन गर्थे आज यो पत्रमा पनि लाटा भनेरनै सम्बोधन गर्छु ल नरिसाउनु है ।

No comments:

Post a Comment