सुमन सुस्केरा
सुदुर घुम्ने रहर:
मलाई थाहा थिएन सुन्दर थ्यो भन्ने बल्ल पुगे तब मात्र यस्तो रहेछ भनेर त्यही पुगेर जान्ने मौका पाएँ अबसर मिल्यो । त्यो अबसर मिलाउनु भएको थियो नेपालगंजमा जागिरे जिवन बिताउँदै आउनु भएका मेरा मित्र भनौ या दाई देबेन्द्र सिंहले । एक दिन म फेसबुकमा टहलीएर बसेको थिएँ, त्यो दिन समाचार लेख्नु पर्ने पनि खासै थिएन । रेडियो र पत्रपत्रिकामा काम गर्दा कहिले काँही बोल्ने पनि फुर्सद हुँदैन कहिले गफिँदैमा दिन बित्छ । तर सधँै नै ब्यस्त रहन्छन् रेडियो र पत्रपत्रिकामा काम गर्ने पत्रकारहरु । कोही मन मिल्ने साथिहरु आए कुराकानी पनि हुने, हैन भने नयाँ साथीहरुको प्रोफाईल हेर्ने अनि त्यहाँ लेखिएका स्टाटसहरु पढेर सामाजिक सञ्जाल फेसबुकमा रमाई रहेको थिएँ । त्यही बेला कपिलवस्तु घर भई नेपालगंजमा कुनै प्रोजेक्टमा कामको सिलसिलामा त्यहा पुग्नु भएका दाई देबेन्द्र सिंहसँग कुराकानीहरु भए मेरो । उहाँले भाद्रको पहिलो साता सुदुरको घुमघाममा जाउँ भन्नुभयो । ल जाने भए जाउँ भने पछि हामीले भदौको ४ गते नेपालगंजवाट निस्कने डोटीको लागि भन्ने सल्लाह भयो । सल्लाह अनुसार म भदौ ३ गते कपिलवस्तुवाट हिँड्ने त्यो दिन नेपालगंज बस्ने र अर्को दिन त्याहाँवाट हिड्ने भयौ, कुरा पक्का भयो । आईतवार पत्रिका पनि निकालिने आनी अर्को अंक निकाल्ने बेला शुक्रवारसम्म आईपुगिने पनि । अनि कुरा रह्यो रेडियोको, रेडियोमा एक हप्ताको बिदा मिलाएर जाने निस्कर्ष निकालेर भदौको ३ गते नेपालगंजमा तर्फ लागे । कपिलवस्तुको सदुरमुकाम तौलिहवाबाट ४ नम्वर सम्म मोटरसाईकलमा गए त्याँहा मोटरसाईकल राखेर लागें बसमा सरर.... नेपालगंज तर्फ ।
यात्रा सुदुरको
जानु पर्ने हामी नेपालगंजवाट सुदुरपस्चिमाञ्चलका केही जिल्लाहरुको घुमघाममा । २०६९ भदौ ४ गते बिहान ८ बजेको सेरोफेरोमा हामीले नेपालगंजलाई छाडेर डोटी तर्फ लाग्यौँ ।
कर्णाली पुल र चिसापानी बजार :
लामो यात्रा गरेर जानेहरु यो कर्णालीमा घुमघाम गरेर जाने अनी चिसापानीको तातो तातो माछा खान कै लागि पनि टहलिने गर्दा रहेछन् । कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ । यो पूर्व–पश्चिम राजमार्गको भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्रलाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ । यसको निर्माण इ.सं. १९९३ मा पूरा भएको हो । यो तार पुल (ऋबदभि–कतबथभम दचष्मनभ) हो जसको बिचमा ठूलो खम्बा (उथयिल) हुन्छ र त्यसमा स्टीलका तारहहरु बाँधेर ट्रस (तचगकक) लाई अड्याईएको हुन्छ । यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ । बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ । यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको बताईन्छ । यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट«िजले गरेका रहेछन् ।
तस्बीर
चिसापानी बजारको महत्व पनि उस्तै रहेको पाईयो । कर्णाली नदीले पहाड छिचोलेर तराईमा निस्कने स्थान रहेछ चिसापानी । यो स्थान कैलाली जिल्लाको सँगरखाल गा.वि.स. र बलिया गा.वि.स.को सिमानामा पर्दछ । चिसापानीको भू–भाग पनि आधा बलिया गा.वि.स.मा पर्छ भने आधा सँगरखाल गा.वि.स.मा पर्दछ । कर्णाली चिसापानीलाई नेपालको सुदूर तथा मध्य पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाहरु सुर्खेत, अछाम, बाजुरा, दैलेख र कर्णाली अञ्चलका पाँचवटै जिल्लाहरुको मुख्य व्यापारीक स्थलको रुपमा लिईदो रहेछ । यहाँको बारेमा जानकारी लिएपछि हामीले खाना खाने स्थल चमौलालाई बनाएर अगाडी बढ्यौ । चमौलामा खाना खाएर हामी अतरिया हुँदै उत्तर तर्फ लाग्यौं । अत्तरिया सबैतिरको ब्यापारिक केन्द्र हो । अत्तरियावाट डोटि समरमुकाम पुग्न करिब १८० कि.मी. उत्तर जानु पर्छ भने डडेलुराको लागि ११५ कि.मि. को पहाडलाई छिचोल्दै जानु पर्ने रहेछ । अत्तरियावाट दक्षिण धनगढी १६ कि.मि पर्छ भने महेन्द्रनगर पस्चिम करिब ४० कि.मि. जानु पर्ने रहेछ । अतरियावाट हामी जानु पर्ने थियो डडेलुरा हुँदै डोटी ।
मैले देखेको डोटी:
हामी अत्तरियावाट डोटी तर्फ लाग्यो हामीलाई डोटी पुग्न करिब १८० कि.मि. जानु पर्ने त्यो पनि पहाडलाई छिचोल्दै । त्याहावाट हामी उकालो लाग्दै थियौ त्यो सडकको यात्रा मेरो लागि नौलौ र रमाईलो थियो । किनकी म त्यो भन्दा पहिला त्यसरी सुदुर जाने मौका कहिल्यै पाएको थिइन । पहिला कैलाली नै पार गर्दा करिब २ बजी सकेको थियो । कैलाली सँग सिमाना जोडिएको जिल्ला हो डोटी तर डोटी नजिकै भने पक्कै छैन । डोटी पार गरेर डडेलधुरा पस्नु पर्छ अनी दिपायल र सिलगडी जानको लागि डडेलधुरा छाडेर करिब ६५ किलोमिटर जानु पर्ने रहेछ । बिहान करिब १० बजे खाना खाएका हामीलाई केही खानेकी जस्तो लागि रहेको थियो हामी अगाडी बढ्दै थियौ । बाटोमा कुहिरो लागेको थियो त्याहा माथिको सिमसिम पानिले बाटो चिप्लो जस्तो देखिन्थ्यो । तर त्यो पहाडलाई पछ्यौरीले बेहुलीलाई छोपेको झै पहाडलाई कुहिरोले ढपक्क ढाकेको थियो । लाग्थ्यो पहाड बेउली बनेर मुस्कुराई रहेको थियो ।
हामी अगाडी बढ्दै थियौ बाटोमा भोक लागेको जस्तो भै रहेको थियो बाटोमा केही खानेकी भन्ने कुरा चल्यो । देख्दा जंगल जस्तो लाग्ने एक ठाउँमा हाम्रो गाडीका तेजु दाई (ड्रईभर)ले गाडी रोक्नु भयो । गाडीवाट झरेर खिर खाने योजनामा थियौ हामी त्यहाँ खिर खान पाईदो रहेछ । तेजुदाईका अनुसार यो ठाउँलाई खैरा भनिन्छ रे । सायद यहाँ खाजाको रुपमा खिर खाईने भएकोले पनि होला खैरा भनिइएको । हुन त त्यो ठाउँको नाम खैरा नै होला भन्नेमा मलाई भने बिश्वास लागि रहेको थिएन । एउटामात्र घर थियो त्याहाँ त्यही खिर खुवाउने । खैराको खिर खाएर लाग्यौ हामी हाम्रै यात्रामा । देबेन्द्र दाई पनि साहित्यलाई मन पराउने मान्छे तर लेख्ने काम चाही कमै गर्नु हुन्थ्यो साह्रै रमाईलो गर्दै अगाडी बढी रहेका थियौ । हामी ठुला ठुला पत्थरका पहाडहरु छिचोल्दै करिब साढे चार बजेको हाराहारीमा डडेलधुरा जिल्लाको स्याउलेमा पुग्यौ । स्याउले डडेलधुरा सदरमुकाम, बैतडी, बझाङ्ग जाने र डोटी, अछाम, बाजुरा जाने बाटो छुट्टीने संगम स्थलको रुपमा रहेको रहेछ । यो चारौ तिरको भञ्ज्याङ्ग नै भनिदो रहेछ । त्यहावाट देब्रे लागे डडेलधुरा सदरमुकाम हुँदै बैतडी, बझाङ्ग गईदो रहेछ भने दायाँ लागे डोटी हुँदै अछाम, बाजुरा जाने माग रहेछ । हामी त्यहावाट दायाँ तर्फ लाग्यो । करिब २ घण्टा पछि हामी डोटी सदरमुकाम सिलगढी पुग्यौ ।
नहटेको छाउपडी प्रथा ः
छुईका कारण अलग्गै बसेका यी महिलाहरु सँग मैले सबै कुराहरु सोधे त्यहाको लागि पुरोनो परम्परा भए पनि मेरो लागि यो बिषय नयाँ थियो । यस्तो बेला महिलाहरूमा पटक÷पटक अप्रीय घटना हुने गरेको बताए । बिभिन्न कुराले डर त हुने गर्छ तर नबसी नहुने महिलाहरु बताउँछन् । आफु छाउपडी बसेको ठाउँमा सर्प आउने त्यस्तो बेला त मरे समान लाग्ने गरेको बताए । रातभरी पानी पर्छ पानि आएर डुब्छ । सबै भिज्दा समेत कसैले वास्ता गर्दैन । आफुहरुलाई ४ दिन बिताउनु भनेको एक बर्ष तिउनु जस्तो हुने उनीहरुको भनाई थियो । त्यहा बसेको दुबैजनाको नाम भने एउटै रहेछ लाली विके । अब के गर्नु भगवान लाग्छ बसेन भने सबै बिग्रने लाली बिकेले बताउनु भयो । सरकारले कानुन बनाएर अघि बढेको भए पनि सदरमुकाम मै छाउ बस्ने महिला भेटिए पछि हाम िछक्क पर्यौ । सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सर सामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम नै रहेछ । सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइदो हरेछ ।
पुरुषले त महिलालाई भगवान रिसाउने डरका कारण भित्र पस्न हुँदैन भन्छन नै महिला पनि पस्न दिन हुँदैन भन्ने पक्षमा हुँदा रहेछन् । तर छाउ बसेकाहरु भने यस्तो गर्नु गल्ती हो भन्छन् । “महिलालाई छाउ भएको बेला भित्र बस्न हुँदैन । पहिले देखी नै बार्दै आएको ले भगवान रिसाउने हुँदा बाहिर नै बस्नु पर्ने घरमुली करी बिकेको अडान थियो । सम्पन्नता सँगै कथित माथिल्लो जातका नागरिक बसाई सरेर शहर पस्दा छाउपडी प्रथाबाट मुक्त भएपनि गरिबी र विपन्नको बस्तीमा कत्तिपनि परिवर्तन पाईएन । खै सहर बजारमा त यस्तो हुँदैन भन्छन्, तर हामी त सधै यसरी नै बस्नु परेको अर्को घरकी एक महिला पार्वता बिकेले दुखेसो पोख्नुभयो ।
छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्पराका नै छाउपडी रहेछ । यो प्राचीनकालदेखि नै चलिआएको रहेछ । मलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम नेपालका विकट पहाडी जिल्ला डोटी, जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरा लगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा कायम नै रहेको सिलगडी की स्थानिय अगुवा महिला गीता नेपालीले बताउनु भयो ।
महिलाहरु अझै भगवान रिसाउने बहानामा छाउमा बस्नु पर्ने बाध्यता छ । सर्वोच्च अदालतको आदेशमा सरकारले जारी गरेको छाउपडी प्रथा उन्मूलन सम्बन्धी निर्देशिका अझै कार्यान्वयन भएको छैन । मध्य र सुदूरपश्चिमी पहाडी जिल्लामा सामाजिक विकृतिका रूपमा रहेको यस प्रथालाई उन्मूलन गर्ने उद्देश्यले सरकारले ०६४ मा निर्देशिका जारी गरेको थियो । सर्वाेच्चको २०६२ वैशाख १९ को आदेशअनुसार सरकारले २०६३ वैशाख २६ गते छाउपडी प्रथालाई कुरीति घोषणा गर्नुका साथै उन्मूलनका लागि निर्देशिका र आवश्यक कानुन निर्माण गरेको थियो । सो कानुन अझै कार्यान्वयनमा आएको छैन । महिलाहरु अझै पनि छाउ बस्न बाध्य छन् ।
सुनसान शैलेश्वरी ः
मन्दिरकै निकटमा नवनिर्मित कीर्तन कुञ्ज भवनमा नित्य बिहान कीर्तन, पुराण, प्रबचन र सत्संग आदि गरिन्छ भन्ने सुनेको थिएँ तर बिहानको करिब ७ बजे तिर त्यहा पुग्दा त्यो पाईएन । शैलेश्वरी सुनसान थियो । समयको अन्तराल सँगै यसको महत्व घट्दै गएको स्थानियवासीहरुले बताए । विगतमा जगदम्बा शिलादेवी बिराजमान हुनु भएको चन्दन पर्वत क्षेत्र प्राकृतिक सौन्दर्यताबाट सजिएको जनश्रुति पाइन्छ भन्ने जनबिश्वास पाईयो । मन्दिरका एक जना पुजारी भित्र पुजा आजा गरि रहनु भएको थियो । हामी बाहिर बसेर पुजाको लागि बसेका थियौ । मैले पहिले सुने अनुसार यो मन्दीर भिडभाड हुनु पर्ने हो लाईन लाग्नु पर्ने हो । तर त्यस्तो पाईएन , त्याहा स्थानिय वाहेक कुनै वाहिरका आन्तरिक वा बाह्य कुनै पर्यटक देखिएन । देश भित्र कै सर्बसाधारण पुग्न गाह्रो पर्ने डोटीको शैलेश्वरीमा बाह्य पर्यटकको कल्पना पनि नगर्दा हुने रहेछ ।

सुमन सुस्केरा
सामुदायिक रेडियो पत्रकार सञ्जालको
राष्ट्रिय अध्यक्ष
सामुदायिक रेडियो कपिलवस्तुका
समाचार संयोजक
मोवाइल नं. ९८४७२७७४३७
ईमेल ः [email protected]
2069-05-10
No comments:
Post a Comment