सुमन सूस्केरा ः लेखक
उ हराएको त्यो क्षण अस्ती जस्तो लाग्छ । एकलाख उसको श्रीमानले उसको हातमा अस्ती थमाई दिएको जस्तो लाग्छ । उसको आंखाभरी आंसु टिल्पिलाएका थिए । उ कताकती हराई रहेकी थिई । उसको आंखा मलिन थिए । हेराईमा उसको आलस्यता थियो , बोलाईमा भावुकता थियो । मलाई त्यो क्षण उसको अनुहार हेर्न मन पनि लागे्न । कीन की म आफै उसको त्यो अवस्था देखेर रुन्छुकी झै भयोे , आंखाका आंसु झरी हाल्छन् की झै । हुन त उसको र मेरो केही सम्बन्ध थिएन । यसरी यस्ता घटना त मेरा लागि सामान्य नै हुन्थे । यो ठाउमा हरेक दिन कतिका सम्बन्ध जोडिन्छन् कतिका यसैगरि तोडिन्छन् । किन किन यो सम्बन्ध तोडाई कताकति मलाई फरक लागि रहेको थियो । जिल्ला अदालत कति धेरै मान्छे न्यायको लागि अदालत सम्म धाउने गर्दछन् । कतिको धाउदा धाउदा ज्यान नै गएका उदाहरण पनि धेरै छन् । सामान्य झै झगडा देखी हत्या, आतंक वलात्कार सम्मका घटना त्यो दिन अदालतमा थियो । माथि ईजलाशमा बहस चलि रहेको थियो । बाहिर गाईगुई मान्छेका आवाज भिडभाड थियो त्यो दिन अदालत परिसर । हुन पनि तराईमा मुद्दाका चाप बढीनै हुने गर्दछ त्यै भएर पनि पक्ष र प्रतिपक्ष अर्थात अदालती भाषामा वादी र प्रतिवादी दुबैको निकै भिड थियो । हो त्यही भिडमा देखिएको दृश्यमा एउटा फिल्म सुटिंग जस्तो देखियो । प्रतिवादीले हातमा पैसा निकालेको थियो छेउमा एउटीे युवती अधेरो मुहारमा थिइन । वकिल यता र उति दौडी रहेका थिए । हुदै हुदैन यो काम हुदैन मैले यो काम गर्न सक्दीन वकिलको मुखवाट एकाएक निस्कीन थाल्यो । वकिल फटाफट गेटवाट वाहिर निस्कीए वकिलको पछि पछि केटी दौडिरहेको दृश्य मेरो आंखा अगाडी छर्लंग थिए ।
त्यो दृश्य राम्रै संग नियालें युवतिलाई हेरेको त केही समय अगाडी म संग कुरा गर्ने मेरै साथी रहीछ । आज भन्दा केही दिन अगाडी मात्र हो उसको र मेरो चिनजान भएको । म पनि रेडियोमा काम गर्ने भएको कारणले पनि उसको र मेरो सम्बन्ध गाढा भएको थियो । उ या म मध्य एक जनाले रेडियोमा काम गरिदैन थियो भने उ संगको मेरो चिनजान हुने थिएन होला । म कहांको उ कहांको उसको र मेरो छोटो चिनजानको लामो सम्बन्ध थियो । छोटो समयमा यति नजिकैको भएका थियौ की हामी बिच सबै कुरा हुने गर्दथे । उसले भनेकी थिई सर मेरो सम्बन्ध बिच्छेद हुदैछ मलाई सहयोग गरिदिनु है भनेर उ घरवाट कसैलाई नलिई अदालत सम्म आएकी थिई । हुन पनि म आफै अदालतमा पनि काम गर्ने भएर होला, हुन्छ भने । हामी बिचको सम्बन्ध भनेकै एउटा रेडियोमा काम गरेको एउटै जिल्लाका संचारकर्मी को नाता सबै भन्दा गहिरो हुदो रहेछ । अर्थात विस्वास गर्न सकिने खालको । हैन भने उसले नभनेको पनि हैन तपाइृले सहयोग गर्नु हुन्न भने मैले वुवा आमालाई लिएर आउछु भनेर । किन ल्याउने त म छु वकिल साव हुनु हुन्छ भनेको भएर पनि उ एक्लै आएकी थिई । उसले मलाई त्यो दिन बिहान ७ बजे फोन गरेकी थिई । साथीको नाता भन्छन् नी गाँस छोडनु साथ नछोडनु भनने त्यही चरितार्थ भयो म मा पनि । त्यो समय त्यो परिस्थीती मेरो अगाडी नाचि रहेको थियो । म पछि उसले आफ्नो पक्षको वकिललाई फोन गरेकी थिई रे । हेर्नुस सर, मैले तपाईलाई फोन गरेपछि मात्र आफ्नो वकिललाई फोन गरेको थिएँ उसले मलाई भनेकी थिई । हो त्यो समय उसको सहारा कोही पनि थिएनन् । केवल उसको पक्षको वकिल मात्र थिए ।
ईजलाशले पक्ष र बिपक्षलाई खोज्यो । माथिवाट पुकार भयो अर्थात वोलावट भयो ईजलाशले बादी र प्रतिवादी झिकाउन आदेश गर्यो । फलाना पलाना फैज्दारी ईजलाशमा हाजिर हुनुहोला भनेर बोलाएका रहेछन् उनीहरु बिचको सम्बन्ध बिच्छेदको त्यो अन्तीम घडी थियो । फाँटवालाले सम्बन्ध बिच्छेद गर्न मिलापत्र बनाएर लग्दै थिए । बादी ति युवति र प्रतिवादी उनका त्यतिन्जेल सम्मको श्रीमान पनि सँगै थिए । सायद त्यही नै थियो होला उसलाई मेरी श्रीमती हो भन्ने उसको अन्तीम दिन । फाँटवाला न्यायाधिशको छेवैमा थिए ।
तपाईले सम्बन्ध बिच्छेद गदेैहुनुहुन्छ तपाईलाई थाहा छ ? न्यायाधीशले सोधे ।
छ , श्रीमान मलाई यो केटा संग बस्नु छैन उसले न्यायाधीशको सामु आफ्नो भनाई राखी ।
लिन दिन केही छ ? न्यायाधीशको प्रश्न थियो ।
एकलाख हो श्रीमान् । उसले मलाई एकलाख दिने भएका हुन् ।
त्यो रकम तपाईले पाउनु भयो त ? छैन । त्यसो भए त्योृ रकम उसलाई दिनुस् न्यायाधीशले भने । न्यायाधिशले आदेश लेख्दै थिए केटाले त्यो केटीको माग बमोजिमको रकम दिने छाँट देखाएन । पहिला आदेशमा सही गर पछि मात्र दिन्छु भन्न थाल्यो । वकिल रिसाए र ईजलाशवाट बाहिरिएका रहेछन् पछि मात्र थाहा भयो । त्यो घटनाको वास्तबिकता । म हेर्दै थिएँ त्यो दृश्य एउटा नाटकको मञ्चन हुदै थियो । केटाको हातमा एक लाख थियो उ कसलाई दिउ न कसलाई दिउ भनेर अलमलिएको अवस्था थियो । हातमा भएको त्यो एकलाख कहिले वकिल तिर तेस्र्याएको देखिन्थ्यो त कहिले वकिलको फर्ममा काम गर्ने कर्मचारी तिर दिएको जस्तो देखिन्थ्यो । ईजलशवाट वाहिरिएका वकिललाई केटीले फर्काउदै थिई । अंकल प्लीज छाडदीनुस् भयो सब छाडीदिनुस् । जाउ गएर सम्बन्ध बिच्छेदको प्रक्रिया अगाडी बढी सकेको छ हामीले पुरा गर्नु पर्छ दिन मन छैन भने नदिओस् । तर वकिल मानी रहेका थिएनन् । यति सम्म आउँदा जति नराम्रो हुने हो भै सक्यो अब यो भन्दा नराम्रो गर्नु छैन । नराम्रो हुन्छ न्यायाधीशको अगाडी भनेर त्यो युवतिले वकिललाई पुन पर्काएर ईजलाशमा लिएर गईन् ।
इजलासमा न्यायाधीशेले सोधे के हो कुरा मिल्यो त ? मिल्यो श्रीमान वकिलले जवाफ दिए । केटाले एकलाख रुपैया केटीलाई निकालेर दिए ।
उ हराएको त्यो क्षण अस्ती जस्तो लाग्छ । एकलाख उसको श्रीमानले उसको हातमा अस्ती थमाई दिएको जस्तो लाग्छ । उसको आंखाभरी आंसु टिल्पिलाएका थिए । उ कताकती हराई रहेकी थिई । उसको आंखा मलिन थिए । हेराईमा उसको आलस्यता थियो , बोलाईमा भावुकता थियो । मलाई त्यो क्षण उसको अनुहार हेर्न मन पनि लागे्न । कीन की म आफै उसको त्यो अवस्था देखेर रुन्छुकी झै भयोे , आंखाका आंसु झरी हाल्छन् की झै । हुन त उसको र मेरो केही सम्बन्ध थिएन । यसरी यस्ता घटना त मेरा लागि सामान्य नै हुन्थे । यो ठाउमा हरेक दिन कतिका सम्बन्ध जोडिन्छन् कतिका यसैगरि तोडिन्छन् । किन किन यो सम्बन्ध तोडाई कताकति मलाई फरक लागि रहेको थियो । जिल्ला अदालत कति धेरै मान्छे न्यायको लागि अदालत सम्म धाउने गर्दछन् । कतिको धाउदा धाउदा ज्यान नै गएका उदाहरण पनि धेरै छन् । सामान्य झै झगडा देखी हत्या, आतंक वलात्कार सम्मका घटना त्यो दिन अदालतमा थियो । माथि ईजलाशमा बहस चलि रहेको थियो । बाहिर गाईगुई मान्छेका आवाज भिडभाड थियो त्यो दिन अदालत परिसर । हुन पनि तराईमा मुद्दाका चाप बढीनै हुने गर्दछ त्यै भएर पनि पक्ष र प्रतिपक्ष अर्थात अदालती भाषामा वादी र प्रतिवादी दुबैको निकै भिड थियो । हो त्यही भिडमा देखिएको दृश्यमा एउटा फिल्म सुटिंग जस्तो देखियो । प्रतिवादीले हातमा पैसा निकालेको थियो छेउमा एउटीे युवती अधेरो मुहारमा थिइन । वकिल यता र उति दौडी रहेका थिए । हुदै हुदैन यो काम हुदैन मैले यो काम गर्न सक्दीन वकिलको मुखवाट एकाएक निस्कीन थाल्यो । वकिल फटाफट गेटवाट वाहिर निस्कीए वकिलको पछि पछि केटी दौडिरहेको दृश्य मेरो आंखा अगाडी छर्लंग थिए ।

ईजलाशले पक्ष र बिपक्षलाई खोज्यो । माथिवाट पुकार भयो अर्थात वोलावट भयो ईजलाशले बादी र प्रतिवादी झिकाउन आदेश गर्यो । फलाना पलाना फैज्दारी ईजलाशमा हाजिर हुनुहोला भनेर बोलाएका रहेछन् उनीहरु बिचको सम्बन्ध बिच्छेदको त्यो अन्तीम घडी थियो । फाँटवालाले सम्बन्ध बिच्छेद गर्न मिलापत्र बनाएर लग्दै थिए । बादी ति युवति र प्रतिवादी उनका त्यतिन्जेल सम्मको श्रीमान पनि सँगै थिए । सायद त्यही नै थियो होला उसलाई मेरी श्रीमती हो भन्ने उसको अन्तीम दिन । फाँटवाला न्यायाधिशको छेवैमा थिए ।
तपाईले सम्बन्ध बिच्छेद गदेैहुनुहुन्छ तपाईलाई थाहा छ ? न्यायाधीशले सोधे ।
छ , श्रीमान मलाई यो केटा संग बस्नु छैन उसले न्यायाधीशको सामु आफ्नो भनाई राखी ।
लिन दिन केही छ ? न्यायाधीशको प्रश्न थियो ।
एकलाख हो श्रीमान् । उसले मलाई एकलाख दिने भएका हुन् ।
त्यो रकम तपाईले पाउनु भयो त ? छैन । त्यसो भए त्योृ रकम उसलाई दिनुस् न्यायाधीशले भने । न्यायाधिशले आदेश लेख्दै थिए केटाले त्यो केटीको माग बमोजिमको रकम दिने छाँट देखाएन । पहिला आदेशमा सही गर पछि मात्र दिन्छु भन्न थाल्यो । वकिल रिसाए र ईजलाशवाट बाहिरिएका रहेछन् पछि मात्र थाहा भयो । त्यो घटनाको वास्तबिकता । म हेर्दै थिएँ त्यो दृश्य एउटा नाटकको मञ्चन हुदै थियो । केटाको हातमा एक लाख थियो उ कसलाई दिउ न कसलाई दिउ भनेर अलमलिएको अवस्था थियो । हातमा भएको त्यो एकलाख कहिले वकिल तिर तेस्र्याएको देखिन्थ्यो त कहिले वकिलको फर्ममा काम गर्ने कर्मचारी तिर दिएको जस्तो देखिन्थ्यो । ईजलशवाट वाहिरिएका वकिललाई केटीले फर्काउदै थिई । अंकल प्लीज छाडदीनुस् भयो सब छाडीदिनुस् । जाउ गएर सम्बन्ध बिच्छेदको प्रक्रिया अगाडी बढी सकेको छ हामीले पुरा गर्नु पर्छ दिन मन छैन भने नदिओस् । तर वकिल मानी रहेका थिएनन् । यति सम्म आउँदा जति नराम्रो हुने हो भै सक्यो अब यो भन्दा नराम्रो गर्नु छैन । नराम्रो हुन्छ न्यायाधीशको अगाडी भनेर त्यो युवतिले वकिललाई पुन पर्काएर ईजलाशमा लिएर गईन् ।
इजलासमा न्यायाधीशेले सोधे के हो कुरा मिल्यो त ? मिल्यो श्रीमान वकिलले जवाफ दिए । केटाले एकलाख रुपैया केटीलाई निकालेर दिए ।
No comments:
Post a Comment