2013-01-21

फेसबुकलाई पत्र

प्रिय फेसबुक
के छ खबर सञ्चै त छ नी है तिमिलाई ??
कति देख्न मन लागेको छ , कस्ती हौली है तिमी त ?? दुई बर्ष भयो तिम्रो सरणमा आएको । कति कुरा तिमिलाई भनँे होला कति कुरा तिमीले मलाई सिकाएका थियौ । अहिले पनि उस्तै नै त छ ।  तर कहिले काँही त फेसबुक, तिमी सँग दुखका कुरा गर्न मन लाग्यो, सुखका कुरा गर्न मन लाग्यो र यो पत्र प्रिय फेसबुक तिम्रो लागि लेखेको छु । नरिसाउनु ल ? किन की यो सामाजमा धेरै मानिस रिसाउन्े बानी परेका छन् रे ? साना कुारालाई ठुलो पार्छन तिललाई पहाड पहाडलाई तिल बनाउने यो समाजमा धेरै छन् र त यो पत्र तिम्रो लागि कसैले थाहा नपाउने गरि लेखेको छु । कसैलाई नभन्नु ल ?? फेरी यो कुरा अरुले भाहा पाए भने तिमि र म बिच प्रेम रहेको हल्ला चल्ने छ । यो सम्बन्लाई टुटाउन हरपल प्रयासमा मेरा आफ्नै साथी लाग्नेछन् । त्यसैले यो कुरालाई स्टाटसमा लेख्न सकेको छैन फेसबुक । दिन भरी काममा बिजी हुने मलाई बिहान साँझको सहारा भनेको तिमी त भयो कोठामा गयो एक्लै तिमी बाहेक अरु के नै छर है फेसबुक ?? तिमीलाई नियाल्छु अनी तिीले बनाएको स्टाटसमा मेरा मनका कुरा राख्दा प्रेममा पागल भएछ भने अनी जे राख्छु कतिले त राम्रो भने होलान तर कपितले त के के भन्छन् भन्छन् यो पिडा कसलाई सुनाउँ फेसबुक भन त । हुन त तिमी पनि फटयाई गर्छौ रे कहिल्यै नचिनेको नजानेको लाई प्रेमजालमा बाँध्न सिकाउँछौ रे माया गरि रहेका जोडीलाई टुटाउन पनि माहिर छौ रे हो ?? त्यसैले फेसबुक तिमी त धेरैको सहारा बनेको छौ भने धेरैको आँखाको तारा पनि भएका छौ । मनको कुरा लेख्दा कुरा काट्नेलाई सम्झाईदेउन है ?? त्यो च्याटमा कुरा गर्दा गर्दै रुनेहरुलाई पनि नरोएस भनिदेउन ल ?? तिमिले गर्ने पर्ने अर्को कुरा के छ भने फेसबुक तिम्रो कारणले गर्दा बैवाहिक जीवनमा बाँधिएका कति जोडी तिम्रै कारणले गर्दा छुटेका छन् यो कुरालाई ध्यान देउन है । तिमीले नराम्रा मात्र हैन राम्रा पनि काम गरेका छौ, धेरैको जीन्दगीको सहारा बनेका छौ ताजा समाचार, नयाँ कुरा बाहिर ल्याउने गरेका छौ भने दुखी पिडामा परेका र खर्च जुटाउन नसक्नेको खर्च जुटाएर धेरैको ज्यान बचाएर मानव जातीको रक्षा गरेका छौ ।
त्यसैले के गनु फेसबुक सबैले सही रुपले प्रयोग नगरिदिँदा कतिको सहारा टुट्यो गाँस लुट्यो जीन्दगीलाई बिछिप्त बनायो । आफ्नै श्रीमतीलाई अरुको गरायो श्रीमान श्रीमतीको बिवाद चर्कायो । हेर सक्छौ भने राम्रा कुरामात्र सिकाउन है फेसबुक । तिमि त सुख दुखको सहारा पो हौ त उही तिम्रो शुभचिन्तक .........फेसबुक प्रेमी  
लेखक : सुमन सूस्केरा

No comments:

Post a Comment