by Suman Suskera Timalsina on मंगलबार, June 26, 2012 साल 9:32साँझ बजे ·
घरमा
झुण्ड्याइराखेको झोला मा कुनै अपरिचित ले ल्याइएको पत्र रहेछ, लेखक त्यही
पत्र पढेर यहाँ सुनाउँदैछन् । कथामा कथाकार ले आफ्नो घरको परिवेश को पनि
वर्णन गर्दैछन्, श्रीमती, आमा, छोरा सबैछन् कथा मा । त्यो अपरिचितको पत्र
लेखक हामीलाई सुनाउँदैछन् ।
त्यो पत्र मा लेखिएको छ । मेरी आमा को सानैमा बिहे भयो, मेरो बुबा सँग । बुबाको यो दोश्रो बिहे थियो, आफूभन्दा ४० वर्ष कम उमेर की केटी सँग मेरो बुबाको बिहे भएको थियो । म ११ वर्ष को थिँए । एकदिन, बुबा को मृत्यु भयो, मेरी आमा सती जानुपर्ने भयो । म उहाँ सती होइन भन्छु, बुबाले सती नजानु भनेको कुरा सबैलाई सुनाउँछु तर मेरो कुरा कसैले सुन्न चाहेनन् । सबै भन्छन्, अब यिनी सती भइसकिन् । आमा एकहोरो हुनु भयो, नारीहरु सबै मेरी आमालाई र मलाई सहानुभुतीको नजरले हेरिरहेकाथिए । त्यहाँ उपस्थित नारीहरु आफ्ना श्रीमान का आँखामा आफ्नो आयु खोजिरहेका थिए । सबैजना सती बिधि गर्न व्यस्त थिए, मेरो कुरा कसैले सुनेन, मेरी आमालाई जिउँदै जलाउने भए, सती को नाम मा । लाश लिएर मलामी घाटतिर लागे, आमालाई श्रृंगार गराएर लाश सँगै हिँडाए । तमोर नदि को घाटमा बाहुन सती बिधि गर्न थाले, बिधि पुरा भएपछि, मेरी आमालाई चिता माथि राखे, अनि आमा को काखमा मेरो बाबुको टाउको राखियो, ठूल्दाजुले चिता मा आगो लगाउनुभयो । यसरी मेरी आमा लाई मेरो मरेको बाबुसँगै जिउँदै जलाएर खरानि बनाए, अब म टुहुरो भएँ ।
दिनहरु बित्दै थिए, म दिनहुँ गाईवस्तु चराउन जान्थेँ, एक दिन अचानक मैले मेरी आमालाई जंगलमा भेटेँ । जलाइसकेकी मेरी आमा कसरी जिउँदै भइन्... यदी यसकथा को पात्र ले आफ्नी आमालाई भेटेकै भएपनि, के त्यो समाज ले उनको आमालाई बाँच्न देला त ? सती गइसकेकी आइमाईलाई कसैले घरमा आश्रय देलान् त ? जलेर खरानी भइसकेको मान्छे, जिवित हुन सक्ला त ?
(कृष्ण धारावासी को झोला कथासंग्रह बाट ‘झोला’ शिर्षक को कथा)

No comments:
Post a Comment